एनआरएन न्यूसाउथवेल्सको स्टुडेन्ट ईन्फर्मेशन र पासपोर्ट वितरण कार्यक्रममा २ सय सहभागी


information2 एनआरएन न्यूसाउथवेल्सको आयोजनामा नेपाली विद्यार्थीका लागि आयोजित कार्यक्रममा करिब २ सय सहभागी भएका छन् । सिड्नीको हष्र्टभिलस्थित सिभिक थियटरमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलियामा काम, कर, विश्वविद्यालयहरुको पढाई लगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट परामर्श पाएका थिए । उनीहरुको जिज्ञासाको जवाफ समेत विज्ञहरुले सो क्रममा दिएका थिए । यसैगरी सोही स्थानमा यसअघि एमआरपी पासपोर्टको लागि आवेदन दिएकाहरुको बनिसकेको पासपोर्ट वितरण पनि गरिएको थियो । यसका लागि क्यानबेरास्थित नेपाली दूतावासका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डे स्वयं कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । केही पासपोर्टको आवेदनहरु पनि बुझिएको थियो । information1गत वर्ष एनआरएनको विधानले विद्यार्थीहरु यसको सदस्य हुन नपाउने विधि तय गरेपछि विद्यार्थीहरुको हितमा खासै काम गर्न नसकेको आरोप खेप्दै आएको एनआरएनले यतिबेला विद्यार्थीकै लागि भनेर विद्यार्थी कल्याणकारी कोषको स्थापना गर्ने लक्ष्यका साथ वाक फर वेलफेयर गरिरहेको छ भने त्यसअघि न्यूसाउथवेल्स राज्यले विद्यार्थीहरुको निम्ति उपयोगी जानकारी समेटिएको यो कार्यक्रम गरेको हो । एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलका अनुसार पासपोर्ट वितरण कार्यक्रमबाट २ सय भन्दा बढी नेपाली समूदयका सदस्यहरु लाभान्वित भएका छन् । यस्तै विद्यार्थीहरुले पनि आवश्यक जानकारी प्राप्त गरेका थिए जसमा अष्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुको संगठन एकाका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई विभिन्न विषयमा जानकारी प्रस्तुत गरेका थिए । एकाका अध्यक्ष विवेक थापा यस्तो कार्यक्रम कम्तिमा पनि वर्षमा एक पटक आयोजना हुने विचार राख्नुहुन्छ । कार्यक्रममा एनआरएन आईसीसी, एनआरएन अष्ट्रेलिया, एनआरएन न्यूसाउथवेल्स, नारी निकुञ्ज लगायतका संघ संस्थाका सदस्यहरु स्वयंसेवकका रुपमा खटिएका थिए । एनआरएन न्यूसाउथवेल्सले मार्च महिनामा बालबालिकाहरुको लागि विशेष कार्यक्रम र सामाजिक सचेतना अभियान पनि सञ्चालन गर्ने तयारी गरेको छ । information

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?