लकरमा १४ राउण्ड गोली राख्ने ल्हारक्याल लामालाई ५ दिन थुनामा राखेर सोधपुछ गरिने


पक्राउ पर्नुभएका एकीकृत नेकपा (माओवादी) का सांसद् ल्हारक्याल लामालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । अकुत सम्पत्ति आर्जन गरेकोे आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकरमा जाँच गर्दा बन्दुकको १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो । जल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजना ऐन, २०१९ अनुसार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?