ब्रिसबेनमा सुरु भयो ईन्टरस्टेट स्पोर्टस मिट
क्वीन्सल्याण्डमा यस वर्ष आयोजना गरिएको अन्तरराज्य खेल भेला आजबाट सुरु भएको छ । नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको आयोजनामा भएको यस प्रतियोगितामा विभिन्न विधामा अष्ट्रेलियाका भिन्दाभिन्दै राज्यबाट आएका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । तीन दिनसम्म चल्ने खेलका गतिविधि र यसपछिको गाला डिनरको समेत आयोजना गरिएको प्रतियोगितामा क्रिकेट, व्याण्डमिन्टन, टेनिस, टेबल टेनिस, गल्फ, फुटबल र ५ किलोमिटर दौड समावेश छन् । व्याण्डमिन्टनका खेलहरु आज विहानैबाट सुरु भएका छन् भने भोलि पनि चल्नेछ । यस्तै टेनिस, टेबल टेनिस र क्रिकेटका खेलहरु सुरु भएका छन् । फुटबल भोलिमात्र सुरु हुने, क्रिकेट तीन दिन नै चल्ने र गल्फ भोलि र पर्सी गरी सम्पन्न गर्ने तयारी भएको छ । ईष्टरको लामो विदालाई उपयोग गर्दै अष्ट्रेलियाका विभिन्न राज्यबाट खेलमा सहभागी हुन नेपाली समूदायका सदस्यहरु त्यहाँ पुगेका छन् र पुग्ने क्रम जारी रहेको छ ।