छाता संगठन बनाउने निष्कर्शका साथ सकियो नेपालीभाषी भुटानीहरुको पहिलो राष्ट्रिय सम्मेलन


abc नेपालबाट शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका विभिन्न शहरमा स्थायी बसोबासको व्यवस्था मिलाइएका नेपालीभाषी भुटानीहरुको पहिलो राष्ट्रिय सम्मेलनले छाता संगठन निर्माण गर्ने निर्णय गर्दै यसका लािग एक महिनाभित्र आवश्यक तयारी सम्पन्न गर्ने निर्णय गरेको छ । सिड्नीमा भएको सम्मेलनको समापनको दिन गाला डिनरको समेत आयोजना गरिएको थियो । यसअघि पहिलो र दोश्रो दिन भएको छलफलबाट भुटानी समूदायका सबैलाई समेट्ने गरी छाता संगठन आवश्यक भएको निष्कर्श निकालिएको हो । राष्ट्रिय सम्मेलनको लागि सुमन क्षेत्रीको संयोजकत्वमा आयोजक समितिलाई नै निरन्तरता दिइएको छ । जसले एक महिनाभित्र सबै संघ संस्थासँग पत्राचार गरेर परामर्श अघि बढाउनेछ । छलफलपछि आयोजना गरिएको डिनर कार्यक्रममा सम्मेलनका सहभागीका साथै सिड्नीमा रहेका नेपालीभाषी भुटानी समूदायका सदस्यहरु उपस्थित थिए । वर्षभरि विभिन्न राज्यमा रही संघ संस्था मार्फत आफ्नो समूदायको हितमा काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । डिनर कार्यक्रममा अष्ट्रेलियाको सिड्नीसहित अन्य राज्यबाट आएका कलाकारहरुले आप्नो आकर्षक प्रस्तुति दिएका थिए । abc2मुख्यतः अष्ट्रेलियामा सफलतापूर्वक भुटानी शरणार्थीको बसाईका सन्दर्भमा खुशी आदान प्रदान गर्ने र यहाँ रहेका ५ हजार ६ सय भुटानीको साझा छाता संगठन निर्माण गर्नका निम्ति छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको पहिलो दिन समूदायको एकता, आपसी सहकार्यको अभिबृद्धिका लागि अघि बढ्ने योजना निर्माण, बेरोजगारी लगायतका चुनौतीहरुको सामना गर्नका लागि अपनाउन सकिने उपाय, भाषा, संस्कृति, धर्म र साहित्यको प्रबद्र्धनमा खेल्न सकिने भूमिका लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यबाट आएको टोलीले आफ्नो क्षेत्रमा रहेका नेपालीभाषी भुटानी समूदायको अवस्था, समस्या र चुनौतीका विषयमा जानकारी गराएका थिए । उनीहरुको संख्या, उनीहरुलाई परेका समस्या र अहिलेसम्म सञ्चालित विविध गतिविधिलाई प्रष्ट्याउने काम उनीहरुले गरे । सम्मेलनमा सामाजिक र मानसिक स्वास्थ्य समस्याबारे डा। नरेश पराजुलीले आफ्ना भनाइहरु राख्नुभएको थियो भने अष्ट्रेलियामा रहेका भुटानी शरणार्थीहरुको छाता संगठनको आवश्यकताका बारेमा जीवन कोइरालाले कार्यपत्र पेश गर्नुभएको थियो । यस्तै समूदायको विकास अवधारणाबारे ओम ढुंगेल र जातीय मुद्दाहरुबारे पर्शुराम शर्माले आफ्नो प्रस्तुति दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?