स्याम्पुको बट्टा भित्र कोकिन तस्करी गर्न खोज्ने विदेशी नागरिक पक्राउ


sampooप्रहरीले दुई महिलालाई लागू औषध कोकिनको तस्करीको आरोपमा पक्राउ गरेको छ । करिब ५ करोड मूल्य बराबरको कोकिकन उनीहरुले तस्करी गरिरहेका थिए । दक्षिण अफ्रिकी नागरिक ३७ बर्षीया मपाथोनी मस्ने र भारत नागाल्याण्ड घर भएकी ४१ वर्षीया मेर्सी समेतलाई करीव ५ करोड ४० लाख रुपैयाँ मुल्य बराबरको अवैध लागूऔषध कोकिनसहित काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ठमेलबाट प्रहरीले पक्राउ गरेको हो । मस्नेको साथबाट ३ वटा स्याम्पुको बट्टाभित्र लुकाएको १।९३१ के।जी। र मेर्सीको साथबाट १ स्याम्पुको बट्टाभित्र लुकाईराखेको ०।७९१ समेत गरी जम्मा २।७२२ के।जी। कोकिन बरामद भएको छ । मस्ने चैत १ गते साउथ अफ्रिकाको जोहन्सबर्गबाट दुबई हुँदै चैत २ गते ब्राजिल पुगि अबैध लागूऔषध कोकिन लिई पुनः दुबई हुँदै चैत ११ गते काठमाडौं आएको खुल्न आएको छ ।
मास्ने विगतमा पनि साउथ अफ्रिकाबाट भारत, फिलिपिन्स हुँदै बिभिन्न यूरोपियन मुलुकहरुमा कोकिनको तस्करी गर्ने गिरोहमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट बरामद कोकिन भारतको नयाँदिल्ली हुँदै इटली, नेदरल्याण्ड लगाएतका यूरोपियन देशहरुमा कारोबार गर्नको लागि नेपालको भूमिलाई ट्रान्जिट प्वाईन्टको रुपमा प्रयोग गर्न खोजिएको अनुसन्धानबाट खुल्न आएको छ ।
अनुसन्धानको क्रममा विभिन्न देशका लागूऔषध अपराधमा संलग्न गिरोहहरुको संलग्नता रहेको पाइएकोले सम्बन्धित देशका लागू औषध कानुन कार्यान्वयन निकायहरुसँग आवश्यक सहकार्य गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु बनस्थलिबाट चितवन मंगलपुर १ बस्ने ५१ वर्षीय मकुन्द श्रेष्ठ र काठमाडौं रानीबन बस्ने २१ वर्षीय सागर श्रेष्ठलाई लागु औषध ब्राउन सुगर १० ग्राम सहित महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
साथै, चैत्र १५ गते जिल्ला प्रहरी कार्यालय, पर्साले, पर्सा जिल्ला पिडारी गुठी–७ मा अपरिचित ब्यक्तिले भारततर्फ लाँदै गरेको अबस्थामा करीब ३५ के।जी। लागू औषध चरेस बरामद गरेको छ । लागूऔषध लैजाने फरार व्यक्तिको प्रहरीले खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?