ब्रिसबेनमा सम्पन्न स्पोर्टस मिट २०१६ को सम्पूर्ण नतिजा यस्तो छ


sports meetखेलको माध्यमबाट समूदायलाई एक आपसमा जोड्ने लक्ष्यका साथ अष्ट्रेलियामा हरेक दुई वर्षमा आयोजना हुने स्पोर्टस मिटको २०१६ संस्करणको सम्पूर्ण नतिजा आएको छ । यस वर्ष ब्रिसबेनमा आयोजना गरिएको यस स्पोर्टस मिटमा अष्ट्रेलियाका विभिन्न राज्यसहित न्यूजिल्याण्डबाट समेत प्रतियोगीहरु सहभागी थिए । स्पोर्टस मिटको आयोजना नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड र एनआरएन अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिले संयुक्त रुपमा गरेका हुन् । तीन दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन भव्य गाला डिनरसहित पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । जहाँ विविध मनोरञ्जनात्मक प्रस्तुतिका साथमा खेलाडीहरु लामो बिदाको खुशीमा रमाएका थिए । प्रतियोगितामा सहभागी खेलाडीसहित स्थानीय नेपाली समूदायका सदस्यहरु पनि सहभागी उक्त डिनर कार्यक्रममा वास्तवमै अष्ट्रेलियाका वभिन्न राज्यमा रहेका नेपालीहरुको मिलन साँझ जस्तो देखिन्थ्यो । एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेत सफलतापूर्वक यस पटकको स्पोर्टस मिट आयोजना हुनुमा सबैको सहकार्य र सहयोग महत्वपूर्ण रहेको बताउनुहुन्छ । IMG_6376ईष्टरको लामो बिदाको अवसर पारेर हरेक दुई वर्षमा आयोजना गरिने स्पोर्टस मिटको अघिल्लो संस्करण मेलबर्नमा भएको थियो । यस पटक ब्रिसबेनले आयोजना गरेको प्रतियोगितामा टेबल टेनिसतर्फ ६ विधामा खेल खेलाइएको थियो । जसमा पुरुष डबलको खुल्लातर्फ वेष्टर्न अष्ट्रेलियाका अमित शाही र अजय सुवालको जोडी विजयी बनेको थियो । यस्तै मिक्स डबलको खुलातर्फ न्यूसाउथवेल्सका कुलदिप प्रधान र एलिजा वन्तले उपाधि कब्जा गरे । यसैगरी महिला सिंगलतर्फ न्यूसाउथवेल्सकी एलिजा वन्त, जुनियर ब्वाईज सिंगलतर्फ न्यूसाउथवेल्सका कुनाल प्रधानले प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।
व्याण्डमिन्टनतर्फ १५ वर्षमुनीको खुला स्पर्धामा भिक्टोरियाकी आयशा पोखरेल क्यानबेराका डुविन कँडेललाई पराजित गर्दै उपाधि जित्न सफल भईन् । यस्तै महिला सिंगलतर्फ क्वीन्सल्याण्डकी प्रिया गुरुंगले न्यूसाउथवेल्सकी अञ्जना सिंह श्रेष्ठलाई पराजित गर्दै उपाधि जितिन् । IMG_6171व्याडमिण्टनकै महिला डबलतर्फ क्वीन्सल्याण्डको प्रिया गुरुंग र मेनुका केसीको जोडीले भिक्टोरियाका आयेशा पोखरेल र अनुशा पोखरेलको जोडीलाई दोश्रो बनाउँदै जित्न उपाधि जितेको थियो । पुरुष सिंगल (४५ वर्षमाथि) मा न्यूसाउथवेल्सका सञ्जय श्रेष्ठले न्यूसाउथवेल्सकै प्रताप श्रेष्ठलाई पराजित गरे भने ४५ वर्षमाथिका पुरुष डबलतर्फ भिक्टोरियाका मधु पोखरेल र चन्द्र पोखरेललाई पराजित गर्दै न्यूसाउथवेल्सका प्रताप श्रेष्ठ र सञ्जय श्रेष्ठले उपाधि जित्न सफल भए । मिक्स डबलमा क्वीन्सील्याण्डका अभिमन्यु केसी र प्रिया गुरुंगको जोडीले सञ्जय श्रेष्ठ र अञ्जना सिंह श्रेष्ठलाई दोश्रो बन्न बाध्य तुल्याएको थियो । यसैगरी पुरुष डबल खुल्लातर्फ न्यूसाउथवेल्सको लिजन मास्के र मन्दीप श्रेष्ठको जोडीले क्वीन्सल्याण्डका अभिमन्यु केसी र दिपक रेग्मीको जोडीलाई पराजित गरेको थियो । यसैगरी ३५ वर्षमाथिको पुरुष सिंगलतर्फ क्वीन्सल्याण्डका दिपक रेग्मी विजयी भए भने क्यानबेराका उमेश खड्का दोश्रो भए । यही समूहमा भएको अर्को स्पर्धामा न्यूजिल्याण्डका केश गुरुंगले न्यूसाउथवेल्सका मन्दिप श्रेष्ठलाई पराजित गर्दै उपाधि कबजा गरेका थिए । स्पोर्टस मिट २०१६ मा ५ किलोमिटर दौडतर्फ पुरुष खुलामा क्यानबेराका डुविन कँडेल प्रथम भए भने वेष्टर्न अष्ट्रेलियाका टेक मगर दोश्रो र न्यूसाउथवेल्सका सुमन न्यौपाने तेश्रो बनेका थिए । ५ किलोमिटर दौडतर्फ नै पुरुष ४५ वर्षमाथिको समूहमा न्यूसाउथवेल्सका ज्योति राजभण्डारीले उपाधि जितेका थिए । महिला खुलातर्फ क्वीन्सल्याण्डको बर्चश्व रह्यो । जसमा सर्वदा बस्नेत प्रथम, आस्था ढुंगाना दोश्रो र अनुसा रोका तेश्रो भएका थिए । महिला ४५ वर्षमाथिको स्पर्धामा पनि क्वीन्सल्याण्डकै बर्चश्व रह्यो जसमा उपाधि जेन्नी वन्तले कब्जा गरिन् भने सबैभन्दा पाको उमेरकी धाविका श्रीमती भगवती रेग्मीलाई पनि विशेष सम्मान गरिएको थियो । IMG_6412
टेनिसको स्पर्धामा पुरुष खुलातर्फ क्वीन्सल्याण्डका प्रन्जल कायस्थ प्रथम, क्वीन्सल्याण्डकै अनुप गुरुंग दोश्रो र न्यूसाउथवेल्सका दिलिप भारती तेश्रो भएका थिए । यसैगरी ४५ वर्षमाथिका पुरुषतर्फ न्यूसाउथवेल्सका विष्णु हमाल प्रथम, न्यूसाउथवेल्सकै ज्योति राजभण्डारी दोश्रो र क्वीन्सल्याण्डका राम लामा तेश्रो भएका थिए । पुरुष डबलतर्फ विष्णु हमाल र दिलिप भारतीको जोडी प्रथम, अनुप गुरुंग र राम लामाको जोडी दोश्रो र अमृत पौडेल र सुनिल केसीको जोडी तेश्रो भएको थियो ।
अर्कोतर्फ गल्फमा क्वीन्सल्याण्डका ह्यारी गुरंगले उपाधि कब्जा गरे भने भिक्टोरियाका लोब्सांग थुन्डुप दोश्रो, क्वीन्सल्याण्डका रामबहादुर मगर तेश्रो भएका थिए । गल्फमै ह्याण्डीक्पापतर्फ क्वीन्सल्याण्डका पूर्ण गुरुंग प्रथम, भिक्टोरियाकी प्रज्ञा तामांग दोश्रो र भिक्टोरियाकै बम योञ्जन तेश्रो भएका थिए । गल्फमा फष्र्ट नाईन होल विधामा भएको प्रतिस्पर्धामा क्वीन्सल्याण्डकै कमल गुरुंगलाई पराजित गर्दै क्वीन्सल्याण्डकै पदम राई विजयी भए । यसैगरी व्याक नाईन होल्सतर्फ क्वीन्सल्याण्डका प्रेम कँडेल भिक्टोरियाका जोग लिम्बु र स्पन्दन कार्कीलाई पराजित गर्दै उपाधि जित्न सफल भए । गल्फमा नियरेष्ट  टु द पिन ज्ञानदत्त पोखरेल, लंगेष्ट ड्राईभ पूर्ण गुरुंग र हार्डेष्ट प्लेयर सरोज कोइराला बन्न पुगे । फुटबलको उपाधि भने क्वीन्सल्याण्डको गोर्खा फुटबल क्लबले जित्यो भने फाईनलमा उसले डार्विन हार्टसलाई पराजित गरेको थियो । जसमा सबैभन्दा बढी गोल गर्न क्वीन्सल्याण्डका वांगेल लामा सफल भएका थिए भने प्रतियोगिताको बेष्ट प्लेयर क्वीन्सल्याण्डकै समिर थापा घोषित भए ।
क्रिकेटमा भिक्टोरियालाई उपाधि
प्रतियोगितामा क्रिकेटतर्फको उपाधि भिक्टोरियाले जितेको थियो । यसअघिको विजेता भिक्टोरियाले उपाधि रक्षा गर्दै न्यू साउथ वेल्सलाई पराजित गरेको थियो । भिक्टोरियाले टस जितेर बलिङ रोजेको थियो । न्यू साउथ वेल्सले सबै २० ओभर खेल्दै १३६ रन जोडेको थियो ।cricket उसका लागि केशव पन्तले ५ विकेट लिएका थिए । १३६ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रेको भिक्टोरियाले १७ दशमलव ३ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो । सुमन सिंहले उत्कृष्ट इनिङ्स खेल्दै नटआउट ५४ स्कोर गरेका थिए । बेष्ट व्याट्सम्यान न्यूसाउथवेल्सका किर्तन ताम्राकार भए भने बेष्ट बलर वेष्टर्न अष्ट्रेलियाका दिग्गज भट्टराई घोषित भए । म्यान अफ द म्याच केशव पन्तले जिते भने सुनाम गौतम म्यान अफ द सिरिज बन्न सफल भए । चौथो अन्तर राज्य स्पोर्टस मिट न्यू साउथवेल्समा हुने छ ।
खेलको पूरै नतिजाका लागि यो लिंकमा क्लीक गर्नुहोस् NISM-2016-Result

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?