महिला र पुरुष टी २० विश्वकपको उपाधि वेष्ट ईन्डिजलाई
अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भए । जितसँगै वेस्ट इन्डिज दोस्रो पटक विश्वकप च्याम्पियन बनेको छ । यसअघि सन् २०१२ मा वेस्ट इन्डिज विश्व च्याम्पियन बनेको थियो । इङल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । व्रेथवेटले लगातार चार छक्का हानेपछि दुईबल बाँकी छँदै वेष्टइण्डिजले चार विकेटको जित निकाल्यो ।
यसअघि, वेस्ट इन्डिजको महिला टोलीले पनि अस्ट्रेलियालाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । भारतको कोलाकातास्थित इडेन गार्डेन रङ्गशालामा भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै वेष्ट इन्डिजले महिला टि–२० को पनि उपाधी हात पारेको थियो ।