आइएसलाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपतिको पहिलो प्राथमिकता


Barack Obama

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादी समूह आईसलाई ध्वस्त पार्नु आफ्नो पहिलो प्राथकिता भएको बताएका छन् । इस्लामिक अतिवादी आइएसले पछिल्लो समयमा सिरिया र इराकमा आफ्नो आधार गुमाउँदै गएको अवस्थामा राष्ट्रपति ओबामाले यो धारणा राखेका हुन् ।

‘हामीले उनीहरूको नेतृत्वको चियो गर्ने मात्र नभई उनीहरूको आर्थिक सञ्जाल, पूर्वाधारहरूको पनि विशेष सूचना हात पारिरहेकोले उनीहरूको समूहलाई ध्वस्त बनाएरै छोडिनेछ,’ राष्ट्रपति ओबामाले भने ।

ह्वाइट हाउसमा मंगलबार अमेरिकी उच्च सैनिक अधिकारीहरूसँगको बैठकमा राष्ट्रपति ओबामाले अमेरिकाले सो कार्य गर्नुपर्छ र त्यसको नेतृत्व पनि अमेरिकी सेनाले लिनुपर्ने बताए ।

अन्तक्र्रियामा उनले भने– ‘हामीले ती आतंककारीलाई आफ्नो कब्जाभित्र पार्न गइरहेका छौं र छिट्टै नै तिनलाई हराइछोड्ने छौं ।

ओबामाले  टर्की र बेल्जियमलाई हेर्दा अझै पनि उनीहरूसँग यस्तो शक्तिशाली हमलाका लागि तागत छ भन्ने देखिन्छ भन्दै तर उनीहरूलाई यसभन्दा अघि बढ्न नदिइने बताए ।

उनले सरकारका विभिन्न निकायबीच समन्वय गर्ने, समन्वयात्मक रुपमा ती विभागका बीचमा काम हुनुपर्ने भन्दै सैनिक कारबाही र गुप्तचर निकायबीचको काम समन्वयात्मक रुपमा हुनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?