अफगानिस्तान आतंकवादी समूह आईएसको रणनीतिस्थल बन्दै, छिमेकी देशमा पनि खतरा !


Afgan-IS

एक जना रसियाली अधिकारीले अफगानिस्तानमा आतंककारी समूह इस्लामिक स्टेट आइएसले संगठन विस्तार गरिरहेको दाबी गरेका छन् ।

उनले अफगानिस्तनानमा तालिवानका अतिरिक्त आइएसले संगठन विस्तार गरिरहेका र यस क्रममा अफगानिस्तानलाई आइएसले एक रणनीतिक स्थानका रुपमा विकास पनि गरिरहेका बताएका छन् ।

रसियाली विदेश मन्त्रालयको एसिया विभागका द्वितीय निर्देशक जमिर काबुलोभले सो जानकारी दिएका हुन् । उनले भनेका छन्– ‘अफगानिस्तानको पछिल्लो सुरक्षा अवस्था निकै नै गिर्दाे रहेको छ ।’

पछिल्ला वर्षहरुमा अफगानिस्तानमा तालिवानहरुले पनि विभिन्न नगरमा हमला गरेका मात्र नभई आफ्नो अवस्थालाई बलियो बनाएका छन् र त्यतिमात्र नभएर आइएसको संगठनलाई पनि विस्तारित गरेका छन् ।

काबुलोभले भने– अफगानिस्तानलाई तालिवानहरुले जस्तै गरी आइएसले पनि आफ्नो शक्ति विस्तारको क्षेत्रका रुपमा लिएका छन् र आगामी दिनमा उनीहरुले यस बाहिर अथवा यसका छिमेकी देशमा पनि संगठन विस्तारको रणनीतिका रुपमा लिने खतरा बढ्दो छ ।

यस विषयमा तालिवानहरुसँग भने उनीहरुको समन्वय वा वार्ता भएको नहुन सक्छ भन्दै तर यसले आगामी दिनमा आइएसको संगठन विस्तारको आधार बलियो बन्नसक्ने खतरा रहेको पनि उनले बताएका छन् ।

पछिल्लो समयमा अफगानिस्तानमा आइएसको संगठन विस्तार भइरहेको आशंका यस अघिदेखि नै विभिन्न देशबाट पनि व्यक्त हुँदै आएको थियो ।

तर यस विषयमा अफगान सरकारले भने केही बताएका छैन । अफगानिस्तानमा करिब डेढ दशकदेखि सशस्त्र आतंक मच्चाउँदै आएका तालिवानहरुले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रासस/एएफपी

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?