दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहार


kejariwalदिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ ।

मुख्य मन्त्री केजरीवालले गत महिनादेखि दिल्लीमा शुरु गरेको जोर बिजोर प्रणालीबाट गाडि चल्न दिने निर्णयका विषयमा गरेको पत्रकार सम्मेलनमै क्रममा जुत्ता प्रहार भएको हो ।

केजरीवालले आफ्नो योजनाबारे जानकारी दिइरहेका बेला जुत्ता प्रहार भएको हो । आम आदमी सेना नामक संस्थाका सदस्यले जुत्ता प्रहार गरेको बताइएको छ ।
मुख्यमन्त्री माथि नै जुत्ता प्रहार भएपछि पत्रकार सम्मेलनमा हल्लीखल्ली भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?