मेलबर्नमा न्याभका नयाँ पदाधिकारीको सपथ, १४ जनालाई एक्सीलेन्स एवार्ड


nav 12अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण र यस वर्षको एक्सीलेन्स एवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भिक्टोरियाका बहुसंस्कृति सम्बन्ध मन्त्री रोविन स्कटको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा बहुसांस्कृतिक सम्बन्ध छायाँमन्त्री ईन्गा पिउलिच, भिक्टोरिया प्रहरीका डेप्युटी कमिश्नर एन्ड्रयू क्रिस्प, Nav 7भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन आईसीसी अध्यक्ष शेष घले कार्यक्रममा सहभागी थिए । यसैगरी मेलबर्नका विभिन्न काउन्सिलका मेयरहरु पनि सहभागी रहेको कार्यक्रममा बोल्दै मन्त्री रोविन स्कटले नेपाली समूदायले बहुसांस्कृतिक अष्ट्रेलियामा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । अष्ट्रेलियामा विभेदरहित अवसरबाट यहाँका समूदाय लाभान्वित होउन् भन्ने सरकारको प्रयास रहने पनि उहाँले बताउनुभयो । यस्तै अतिथिकै आसनबाट बोल्दै छायाँमन्त्री पिउलिचले नेपाली समूदायलाई आफैं उपस्थित भएर नयाँ वर्षको शुभकामना दिन पाउँदा निकै खुशी लागेको बताउनुभयो । कार्यक्रममा अतिथिकै आसनबाट बोल्दै पुननिर्माणका लागि नेपाल सरकारका विशेष दूत समेत रहनुभएका शेष घलेले आफुहरु ३० वर्ष पहिले यो भूमिमा आउँदाका संघर्षका दिनहरु र अहिले प्राप्त उपलब्धीहरुको कहिले काहीँ समिक्षा गर्ने गरेको बताउनुभएको थियो । नेपालमा भूकम्प गएको बेला भिक्टोरियाका विभिन्न संघ संस्था र एनआरएनले गरेको सहयोग वास्तवमै प्रशंसनीय भन्दै आगामी दिनमा पनि यसैगरी समूदायको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । महावणिज्यदुत चन्द्र योञ्जनले समूदायबीचको एकतामा जोड दिँदै एकताबद्ध भएर अघि बढ्न सके नेपाली समूदायले अझ बढी मान, अझ बढी ईज्जत प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले न्याभका नयाँ पदाधिकारीले आगामी दिनमा समूदायलाई अन्य समूदायसम्म जोड्ने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।Nav 9
उपस्थित अतिथिसहित अन्य सहभागीलाई न्याभका अध्यक्ष सुधिर शाक्यले स्वागत गनुृभएको थियो । यस लगत्तै न्याभ एक्सीलेन्स एवार्ड २०१६ वितरण गरिएको थियो । विभिन्न पाँच विधामा ७ जना निर्णायकहरुको मण्डलले १४ संघ संस्था र व्यक्तिलाई समाजमा योगदान दिए बापत छनोट गरेका थिए । कार्यक्रममा भाषा, कला र संस्कृतिको प्रबद्र्धन गरेवापत एनआरएन नेपाल फेष्टिभल र बाल चौतारी संस्थालाई एक्सीलेन्स एवार्ड प्रदान गरियो भने व्यवसायिक र प्राज्ञिक अचिभमेन्टतर्फ सेवा रिजाल, तिलक पोखरेल, बेनु अधिकारी र सुनाम गौतमले एवार्ड हात पार्न सफल भए । यसैगरी प्रारम्भ, नेतृत्व र पैरवीतर्फ जोग लिम्बु र डा. सम्बृद्धि Nav 10अधिकारीले यस वर्षको एक्सीलेन्स एवार्ड प्राप्त गरेका छन् । यसैगरी नेपाली समूदायको सेवा गरेवापत नेपालमा गतवर्ष गएको विनाशकारी भूकम्पको बेला सक्रियतापूर्वक सहयोग गर्ने सेभेन ओमन, रोयल मेलबर्न अस्पताल रिह्याब टिम र मस्क्विीटो फाउण्डेशनलाई एक्सीलेन्स एवार्ड दिइएको छ । Nav4यो विधामा मनोनित भएका तीनै संस्थालाई एवार्ड दिइएको हो । यसैगरी योंग एचिभर एवार्डमा डा. रिजा खनाल, अशिम पन्त र दृश्यान्त श्रेष्ठलाई एक्सीलेन्स एवार्ड प्रदान गरिएको छ । एवार्ड प्राप्त गरेपछि बोल्दै अधिकांशले नेपाली समूदायको एकतामा जोड दिँदै आगामी दिनमा अझ बढी नेपाली समूदायको सेवामा लाग्न न्याभ एक्सीलेन्स एवार्डले प्रोत्साहन दिने बताएका थिए ।
न्याभका अध्यक्ष डा. अनुपम पोखरेलसहितका पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत जोग लिम्बुले सपथग्रहण गराउनुभएको थियो । डा. पोखरेलसँगै उपाध्यक्ष तारा गैरे, मनिषा राई, कोषाध्यक्ष सन्तोष पाण्डे, सदस्यहरु दावा लामा र अभिषेक केसीले पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए । सपथग्रहण लगत्तै नेपालमा हरेक शुभकार्य गर्दा घण्टी बजाउने चलन रहेजस्तै न्याभका नवनिर्वाचित अध्यक्षलाई नेपालको कलात्मक घण्टी उपहार दिनुभएको थियो । शाक्यले उक्त अवसरमा बोल्दै आफ्नो कार्यकालमा साथ, सहयोग र समर्थन गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष डा. अनुपम पोखरेलले आगामी दिनमा न्याभलाई गतिशिल बनाउन आफु लागिपर्ने र सबैबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनुभएको थियो । समारोहको सुरुवातमा नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले गएको दुई वर्षमा गरेका कार्यहरु समेटिएको भिडियो देखाइएको थियो भने नेपाल र अष्ट्रेलियाको राष्ट्यि गान पनि प्रस्तुत गरिएको थियो । यसैगरी बाल चौतारीका साना साना बालबालिका, नृत्यंगना पूजा गुरुंग लगायतले आफ्नो प्रस्तुतिमार्फत उपस्थित दर्शकहरुको मनोरञ्जन गराएका थिए । Nav 13

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?