अफगानिस्तानको बसमा आत्मघाती आक्रमण, १२ जना सैनिकको मृत्यु
अफगानिस्तानको सोरख्रोत जिल्लामा सैनिक लिएर जाँदै गरेको एक बसमा आत्मघाती हमला हुँदा कम्तिमा १२ जना सैनिकको मृत्यु भएको छ । हमलामा अन्य ४० जना घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । राजधानी काबुल जाँदै गरेको सेना चढेको बसलाई पछ्याएको मोटरसाइकलमा रिमोट कन्ट्रोलले विस्फोट गराएपछि बस ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले हमलाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि पनि नंगरहार प्रान्तको राजधानी जलालावादमा पनि तालिवानी लडाकुले यस्तै हमला गरेका थिए ।