ट्वीटर एकाउन्ट बन्द गरिएपछि आइएसलाई प्रचारप्रसारमा समस्या
इस्लामिक स्टेट आइएसका समर्थकको सामाजिक सञ्जाल ट्वीटर एकाउन्ट बन्द गरिएपछि प्रचार प्रसारमा निकै असर पुगेको एक सर्वेक्षणले देखाएको छ ।
जर्ज वासिङ्टन युनिभर्सिटीका शोधकर्ताहरुले तयार पारेको रिपोर्टमा जनाईए अनुसार आइएसको समर्थकका १ लाख २५ हजार एकान्ट बन्द गरिपछि प्रचार प्रसारको माध्यम नै बन्द भएको बताइएको छ ।
३० करोड ट्वीटर एकान्उटको मध्ये एक भाग आइएस समर्थकको रहेको र यसकै प्रयोगका कारण सयौं सर्वसाधारण आइएसमा आवद्ध हुन गएकाले यो सञ्जाल बन्द गरिएकोहो । यद्यपी ९० हजार एकाउन्ट भने सञ्चालनमा नै छन् ।
आइएसले आफ्ना गतिबिधी र कुनै शहर कब्जा गरिसकेपछि ट्वीट गरी आमनागरिकको ध्यान केन्द्रित गर्ने गरेको र आफूहरुसँग आवद्ध युवा युवतिले मनोरन्जन गर्ने गरेको प्रष्ट पार्ने गरेकोमा सो सञ्जाल बन्द भएपछि समर्थकहरुको ध्यान केन्द्रितका लागि अर्को एप्सको तयारीमा रहेको पनि शोधकर्ताहरुको भनाई छ ।
आईएसमा आवद्ध भई फर्केका केही युवाहरुको जमातसँगको भलाकुसारीपछि तयार पारिएको रिपोर्ट सार्वजनिक भएपछि आईएस झन् अप्ठेरोमा परेको छ ।