झापाली समाज अष्ट्रेलियाको सिरुवा पवनी सम्पन्न, चुँडालको सम्मान


siruwa
Photo : Supplied

पूर्वी नेपालका आदिवासी कोच जातिको नयाँ वर्षपर्व सिरुवा पवनी अष्ट्रेलियाको सिड्नीमा पनि मनाइएको छ । गत आइतबार सिड्नीको एसफिल्ड पार्कमा आयोजित सिरुवा पवनीको प्रमुख अतिथि एनआरएनकी संरक्षक ईन्द्रा वन हुनुहुन्थ्यो । उहाँले भाषिक, सांस्कृतिक रुपमा धनी रहेका कोच जातिको भाषा, भेषभूषा र संस्कृतिको संरक्षण राज्यस्तरबाट नै हुनुपर्ने बताउनुभयो । उहाँले पूर्वी तराईका भूमिपुत्रहरुको संरक्षणबाट नै मौलिकता जोगिने बताउनुभयो । कार्यक्रममा अतिथिको रुपमा सहभागी एनआरएनका ओसेनिया क्षेत्रयि संयोजक महेन्द्र लम्साल, अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, पूर्वअध्यक्ष महेन्द्र ओली, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाका अध्यक्ष चित्र तुम्बाहाम्फे, एनआरएन न्यूसाउथवेल्सका संयोजक एवं झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेल हुनुहुन्थ्यो । उक्त अवसरमा बोल्दै पोखरेलले यसलाई झापाली समाज अष्ट्रेलियाको वार्षिक कार्यक्रममा समेट्न आग्रह गर्नुभयो । यसैगरी निन्फाका अध्यक्ष तुम्बाहाम्फेले नेपाली पहिचानहरुको संरक्षणका लागि पहिचानसहितको राज्य नेपालमा बनाउनुपर्ने बताउनुभयो । उपाध्यक्ष दिपक चुँडालले सम्भवतः सिरुवा पवनी पर्व नेपाल बाहिर पहिलो पटक मनाइएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।bhupendra chudal कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले झापाका आदिवासीहरुको पर्व अष्ट्रेलियामा मनाउन पाउनु खुशीको कुरा भएको बताउँदै कोच कला र संस्कृतिलाई अष्ट्रेलियासम्म ल्याउन पाउनु खुशीको कुरा भएको बताउनुभयो । सिड्नीमा अघिल्लो पटक आयोजना गरिएको नेपाल महोत्सवमा राजवंशी नृत्यको कोरियाग्राफी गरी प्रस्तुत गर्ने कार्यको नेतृत्व गरेवापत हाँस्य कलाकार एवं नृत्य निर्देशक भुपेन्द्र चुडाललाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका स्वागत मन्तव्य झापाली समाज अष्ट्रेलियाका कोषाध्यक्ष अजय राजवंशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कर्ण राजवंशीले गरेका थिए । सिरुवा पवनी पर्व पूर्वी नेपालमा नयाँ वर्षको पूर्वसन्ध्यादेखि नयाँ वर्षसम्म तीन दिने मनाउने गरिन्छ । यस अवसरमा विशेष परिकारहरु बनाउने र एकआपसमा रंग, हिलो छ्यापाछ्याप गरेर खुशी साटासाट गर्ने चलन रहिआएको छ । यही समयमा नेपाल बाहेक क्याम्बोडिया, थाईल्याण्ड, लाओस, म्यानमार र चीनको युनान प्रान्तमा पनि यो पर्व मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?