धरान–११ पोखरा कपको सेमिफाइनलमा


Pokhara Cupधरान–११ पोखरामा जारी पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा भारतको फाओ एकेडेमी उडिसालाई ३–० गोलअन्तरले पराजित गर्दै धरान अन्तिम चारमा पुगेको हो । यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्र्याङ्दी क्लब सेमीफाइनलमा पुगिसकेका छन् ।

मंगलबारको खेलमा भारतको फाओ एकेडेमीले धरानलाई पहिलो हाफ गोलरहित बराबरी रोकेको थियो । तर, दोश्रो हाफमा सम्हालिन सकेन ।

धरानले ५९ औं मिनेटमा तिर्थ बस्नेतको गोलबाट खाता खोलेको थियो । वर्तमान राईको क्रसमा मिलन राईले मिलाई दिएको पासलाई तीर्थले गोल गरेका हुन् ।

७५ औं मिनेटमा लक्ष्मण रुचालले धरानका लागि गोल गर्दै अग्रता दोब्बर पारे । उनले बर्तमान राईको पासमा लामो प्रहार गर्दै जाली चुमाए ।
८५ औं मिनेटमा धरानका जिम्मीले गोल गर्दै जित सुनिश्चित गरे ।

खेलमा प्लेमेकर बनेका धरानका बर्तमान राई म्यान अफ दी म्याच भए ।

बुधबारदेखि सेमिफाइनल खेल शुरु हुनेछ । पहिलो सेमिफाइनलमा बुधबार मनाङ र बिरुद्ध एपीएफ प्रतिष्पर्धामा उत्रिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?