जब युनिभर्सिटी अफ मेलबर्नका विद्यार्थीले यस्तो गर्ने निर्णय गरे


protestमेलबर्न युनिभर्सिटी । ९ विद्यार्थी । निर्वस्त्र । तर, विरोधको एउटा शैली । उनीहरु युनिभर्सिटी अफ मेलबर्नले मुनाफाका लागि कोइला, पेट्रोल र ग्याँस कम्पनीहरुमा लगानी गरेको भन्दै यसको विरोधमा उत्रिएका हुन् । तर, विश्वविद्यालयले भने यस्तो लगानी नगरेको जनाउँदै आएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु भन्छन् दुई वर्ष अघि पनि हामीले विरोध गर्दा यसैगरी लगानी छैन भनिएको थियो । तर, हामीले विभिन्न माध्यमबाट लगानी गरेको आधारहरु भेटेका छौं । वास्तविकतामा विवविद्यालयले आफ्नो लगानी भिक्टोरियन फन्डस म्यानेजमेन्ट कर्पोरेशन मार्फत गरेको बताईन्छ । जसको ग्राहकहरु विभिन्न पब्लिक कम्पनीहरु रहेका छन् । स्वार्यनबर्न युनिभर्सिटी, नेशनल ग्यालेरी अफ भिक्टोरिया र रोयल चिल्ड्रेन्स अस्पताल अरु ग्राहक भएको बताइएको छ । गत २०१५ जुनमा मात्रै यसले ५० बिलियन डलर विभिन्न ठाउँमा लगानी गरेको थियो । जलवायु परिवर्तनमा योगदान दिइरहेका कम्पनीहरुमा विश्वविद्यालय जस्तो क्षेत्रले लगानी गर्नु लाजमर्दो कुरा भएको प्रदर्शनकारीहरुले बताएका छन् । प्राकृतिक दोहन, प्रकृतिलाई नै विचलित गर्ने कार्यहरुलाई विश्वविद्यालयहरुले प्रोत्साहन दिन मिल्दैन, उनीहरुको तर्क छ । हामीले ४ हजार कर्मचारी र विद्यार्थीहरुको समूह बनाएका छौं र स्मरणपत्रमा हस्ताक्षर पनि गरेका छौं । हामी प्रदर्शन गर्ने तयारी गरिरहेका छौं । विश्वविद्यालयमा त हामीले यतिमात्रै गरेको हो, उनीहरुले स्पष्ट पारे । गत महिना ४ सय ५० भन्दा बढी अध्येता र कर्मचारीहरुले अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा प्रदर्शन गर्दै खुलापत्रमा हस्ताक्षर गरेका थिए । जहाँ प्रकृतिलाई असर गर्ने खानी क्षेत्रमा लगानी रोक्नुपर्ने माग गरिउको थियो । अर्कोतिर विश्वविद्यालये भने आफ्नो बचाउ गर्दै यस किसिमको प्रकृतिलाई हानी पुर्याउने खनिज क्षेत्रमा प्रत्यक्ष लगानी नगरेको स्पष्ट गरेको छ । उसले विश्वविद्यालयको लगानी कसरी र कहाँ गर्ने भन्ने विषयमा पनि छलफल पनि चलाइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?