बढ्दो तनावको व्यवस्थापन कसरी गर्न सकिएला ? मेलबर्नमा सेमिनार हुँदै


अष्ट्रेलियाको काम, यहाँको पढाई र पारिवारिक व्यवस्थापनको बीचमा कैयौं नेपालीहरु मानसिक तनावको शिकार भएका छन् । हरेकजसो कार्यक्रममा पुग्ने विद्यार्थीहरुलाई सोध्यो भने उनीहरुको एउटै जवाफ हुन्छ, यो तनाव कम गर्ने कसरी थाहा पाउन पाए पनि हुन्थ्यो । वास्तवमा जे हुने हो त्यो तनाव लिए पनि हुन्छ नलिए पनि भएरै छाड्छ । तनाव लिँदैमा समस्या समाधान भइहाल्ने होइन । तर, यो कुरा बुझ्न नसक्दा अनेकन रोगको समेत सिकार बन्न परिरहेको छ अष्ट्रेलियन परिवेशमा नेपालीहरुले । यही समस्यालाई मध्यनजर गर्दै मानसिक स्वास्थ्य सम्बन्धी एकदिने सेमिनार आयोजना हुने भएको छ । stressमे एक तारिख महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिने सेमिनारमा डा. चन्द्रदिपक पोखरेल, डा. अनुपम पोखरेल र भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले आफ्नो प्रस्तुति दिनुहुनेछ । कसरी तनावलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण कार्यक्रम केन्द्रित रहने आयोजक नेप्लीज युथ एशोसिएसनका अध्यक्ष श्रीकृष्ण सिलवालले जानकारी दिनुभयो । यस सेमिनारलाई एनआरएन भिक्टोरिया, महावाणिज्यदूतको कार्यालय, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया र अष्ट्रेलियन मेडिकल एण्ड डेन्टल एशोसिएसनले सघाएका छन् । सेमिनारमा सहभागी हुन कुनै शुल्क तोकिएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?