क्यानडाको नक्कली भीसा लगाई लाखौं ठगी गर्ने एक पक्राउ


1111क्यानडाको नक्कली भिषा लगाई लाखौं रुपैयाँ ठगी गर्ने एक जना कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंको बसुन्धरास्थित प्रवल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक डेन्जिन लामालाई पक्राउ गरेको हो । पक्राउ परेका लामाले क्यानडा पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोप प्रहरीले लगाएको छ । उनले रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की र भक्तपुरका रमेशकुमार के.सी.लाई क्यानाडा पठाइदिने भन्दै जनही १५ लाख रुपैयाँ माग गरेका थिए ।

क्यानाडा जान चाहने उनीहरुले पहिलो पटक ५० हजार बुझाएको र पछि लामाले नक्कली भिषा देखाएर बाँकी रकम माग गरेको प्रहरीले जनाएको छ । उनको कन्सल्टेन्सी शैक्षिक परामर्श केन्द्रमा दर्तासमेत नभएको भेटिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?