सिड्नीका लेखक घिमिरेको थर्ड आईको तेश्रो विमोचन क्यानेडामा सम्पन्न
अस्ट्रेलियाका लेखक, साहित्यकार तथा नेपाली भिजनका प्रबन्ध सम्पादक राजेश्वर घिमिरेको पुस्तक थर्ड आईको क्यानाडा टोरोन्टोस्थित न्यु हाँडी रेस्टुरा १४०१ जेर्रार्ड स्ट्रीट मा मदर्स डे सेलेब्रेशन सहित बिमोचन गरिएको छ । नेपलिज कनेडिअन ओमेन्स असोसिअसनले आयोजना गरेको कार्यक्रममा आयोजक संथाकी अध्यक्ष तथा समाजसेबी सुशिला भण्डारीले स्वागत गरेकी थिइन् । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुति समेत समावेश थियो । साहित्यकार प्रोफेसर डा राजन प्रसाद पोखरेलको बिसेस आतिथ्य तथा कनेडिएन साहित्य समाजका अध्यक्ष रमेश थापाको उपस्थितिमा सम्पन्न घिमिरेको पुस्तक बिमोचन यसअघि अस्ट्रेलियाको सिड्नीमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका सहकुलपतिको हातबाट र नेपालमा राष्ट्र कबि माधव प्रसाद घिमिरेको हातबाट विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार घिमिरेलाई दोसल्ला ओडाएर स्वगत समेत गरिएको थियो । उक्त अवसरमा बोल्दै लेखक घिमेरेले आफ्नो पहिलो पुस्तक प्रत्यबर्तन सन् २०१५ मा प्रकासित गरेका थिए । सन् २०१२ देखि नेपाली भिजन पत्रिका मार्फत घिमिरेले प्रवासमा नेपाली भाषा, साहित्यको उत्थानमा योगदान दिँदै आएका छन् । उक्त अवसरमा बोल्ने अधिकांश वक्ताले प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यमा कसरी योगदान दिन सकिन्छ भन्ने विाष्यमा आफ्नो धारणा राखेका थिए भने लेखक घिमिरले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।