बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि


Barcilona

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा ग्रनाडालाई ३–० ले हराएर बार्सिलोनाले उपाधि जितेको हो ।

उपाधि दाबेदार रियल मड्रिडले लिगको आफ्नो अन्तिम खेलमा डिप्रोटिभो डी ला कोरुनालाई २–० ले हराए पनि बार्सिलोनाले उपाधि जित्यो । बार्सिलोनाको जितमा लुइस स्वारेज नायक बने । स्वारेजले २२, ३८ र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

गएको सिजन पनि ला लिगाको उपाधि जितेको बार्सिलोनाले लगातार दोस्रो पटक उपाधि जितेको हो । बार्सिलोनाले ला लिगाका पछिल्लो पाँच खेलमा लगातार जित निकाल्दै उपाधि जितेको हो । ला लिगाका यो सिजन ला लिगामा ४० गोल गरेका बार्सिलोनाका लुइस स्वारेजले सर्वा्धिक गोलकर्ता बन्दै गोल्डेन बुट पाउने छन् ।

बार्सिलोनाले लिगका ३८ खेलबाट ९१ अंक जोड्यो भने रियल मड्रिडले ९० अंक बनायो । बार्सिलोनाले अहिलेसम्म २४ पटक ला लिगाको उपाधि जितेको छ भने २४ पटक नै उपविजेता बनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?