सगरमाथा आरोहण गर्न गएकी मेलबर्न युनिभर्सिटीकी प्रोफेसरको निधन, ३ सय ३० आरोहणकर्ताहरुले सगरमाथाको सफल आरोहण


डा. मारिया स्ट्रेडम आफ्ना पतिका साथ : फोटो फेसबुकबाट
डा. मारिया स्ट्रेडम आफ्ना पतिका साथ : फोटो फेसबुकबाट

सगरमाथा आरोहण गर्न गएकी एक अष्ट्रेलियन महिलाको आरोहणका क्रममा मृत्यु भएको छ । सगरमाथाको चुचुरोमा पुग्नु करिब सय मिटर अघि उनी बिरामी परेपछि फिर्ता हुने क्रममा उनको मृत्यु भएको बताइएको छ । अष्ट्रेलियाको मेलबर्न युनिभर्सिटीमा फाईनान्स पढाउने डा. मारिया स्ट्रेडमको मृत्यु भएको हो । उनी ३४ वर्षकी थिइन् । पारिवारिक श्रोतले मृत्युको विषयमा पुष्टि गर्दै उनका साथमा श्रीमान रोब ग्रोपेल पनि रहेको जनाएको छ । जब उनी क्याम्प ४ मा बिरामी भइन् तब उनलाई तल ल्याउँदै गर्दँ उनको मृत्यु भएको थियो । हाई हल्टिच्युड सिकनेसका कारण यस्तो दुर्घटना भएको बताइएको छ । यसैबीच, डा. स्ट्रेडमकी बहिनीले घटनाबारे आफुहरुलाई पछिमात्रै थाहा दिइएको र यसका विषयमा विभिन्न खाले फरक कुराहरु आइरहेको भन्दै सही सूचना नदिइएकोमा आक्रोश व्यक्त गरेकी छिन् । अर्कोतर्फ सेभेन समिट ट्रेकर्सले एक विज्ञप्ति प्रकाशित गरी उचाईका कारण हुने समस्याले मेलबर्न निवासी डा. स्ट्रेडम र एक डच आरोहणकर्ता एरिक आर्नोल्डको मृत्यु भएको जनाएको छ । उनीहरुको मृत्यु गएको शुक्रबार भएको हो । मृत्युअघि डच आरोही आर्नोल्डले भनेका थिए, मेरो शरीरमा अब कुनै शक्ति बाँकी छैन । यस सिजनमा अहिलेसम्म करिब ३ सय ३० आरोहणकर्ताहरुले सगरमाथाको सफल आरोहण गरिसकेका छन् भने ब्रिसबेनकी १९ वर्षीय अलेस्या अजरले शनिबार आरोहण गर्दै सबैभन्दा कम उमेरकी अष्ट्रेलियन सगरमाथा आरोही बन्न सफल भएकी छिन् । यसैबीच मेलबर्न युनिभर्सिटीमा आफ्नो सहकर्मीको सम्झनामा श्रद्धाञ्जली आयोजना गरिएको छ । उनका सहकर्मीहरुले उनको स्मरण गर्दै साहसी महिला भनिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?