नक्कली अमेरिकी डलरसँगै जाली भारतीय रुपैयाँको कारोबारीमा संलग्न सात जना पक्राउ


Nakkali Note

जाली अमेरिकी डलरसँगै जाली भारतीय रुपैयाँको कारोबारमा संलग्न तीन मुलुकका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले पाकिस्तानी, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरी मंगलबार  सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुबाट प्रहरीले ५० लाख जाली भारु समेत बरामद गरेको छ । पत्रकार सम्मेलनमा मिरा जिरेल, सुमन मल्ल, तारणीप्रसाद ठाकुर, बैजनाथ गुप्ता, विजय शर्मा, सदन शर्मा र समालाई सार्वजनिक गरिएको हो । समा पाकिस्तानी नागरिक हुन् भने बैजनाथ भारतीय हुन् । अन्य सबै नेपाली नागरिक हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पाकिस्तानी नागरिक सामा नाजलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थल गोल्डेनगेट सिनामंगलबाट जाली अमेरिकी डलर १९ हजार ५ सय र जाली भारतीय रुपैयाँ ३६ लाख सहित पक्राउ गरेको हो ।

सामा नाज कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाडौँ आएका थिए । उनले सुटकेशमा फल्सबटम बनाई तथा विभिन्न खाद्य सामाग्रीका प्याकेटहरुभित्र जाली मुद्रा प्याकिङ गरि लुकाएका थिए । उनले हवाईमार्गबाट नक्कली रुपैयाँ काठमाडौँ ल्याउने गरेको, जाली मुद्रा काठमाडौँमा रिसिभ गरी स्थानीय वितरकलाई बितरण गर्ने गरेको, जाली मुद्रा काठमाडौँ लगायतका बजारमा पु¥याउने गरेको, जाली मुद्रा पठाउने व्यक्तिलाई हुण्डीमार्फत रकम भुक्तान गर्ने गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ । महानगरीय प्रहरीका अनुसार जाली डलर नेपालमा पहिलो पटक बरामद भएको हो ।

यस्तै महानगरीय प्रहरीले जाली भारतीय रुपैयाँलाई सक्कली भनी सटही गरिरहेको अवस्थामा ३ लाख ३२ हजार ५ सय सहित २ जनालाई महाराजगंजबाट पक्राउ गरेको छ । कारोबारमा संलग्न थप ५ जनालाई समेत १६ लाख ५४ हजार ५ सय जाली भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा दोलखा जिरी–७ घर भई हाल धुम्बाराही बस्ने मीरा जिरेल, बुढानिलकण्ठ नगरपालिका–१ कपन बस्ने सुमन मल्ल, सप्तरी मलहनमा–९ घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, भारत जमोई सिमुलतल्ला थाना तेल्वाबजार घर भई सिरहा–७ मैसोथा बस्ने अरुण, जेसेफ, युसुफ खान, राजु, विजय गुप्ता भनी बताउने बैजनाथ गुप्ता, बुटवल–३ कालिकानगर रुपन्देही घर भई गोंगबु बस्ने विजयराज शर्मा, जुहाङ–५ गुल्मी घर भई टोखा नगरपालिका–१४ महादेवटार बस्ने सनद प्रधान र सिलगढी–२ डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका बैजनाथ गुप्ता लागूऔषध मुद्धामा २०५२ सालदेखि २०६७ सालसम्म केन्द्रीय कारागारमा थुनामा रहेको र बिजय शर्मा लागूऔषध मुद्धामा २०५८ सालदेखि २०६७ सालसम्म नख्खु कारागारमा थुनामा रहेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?