कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरु पक्राउ
युरोपमा लागू औषध कोकिन तस्करी गर्दै आएक अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाएर ब्राजिल हुँदै युरोपमा कोकिन तस्कर गर्दै आएका गिरोहका सदस्यहरुलाई लागू औषध नियन्त्रण ब्यूराले पक्राउ गरेको हो । लागु औषध नियन्त्रण व्यूरोले २ किलो ६ सय ग्राम कोकिन सहित नाइजेरियन, भेनेजुयलियन, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
ब्युरोले दिलबहादुर तामाङलगायत भेनेजुयलाका यमरिस कामरिन, भारतका तोहिद खान र नाइजेरियाका मोहम्मद लामिनिलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी नगदसमेत बरामद गरेको छ ।
पछिल्लो समय पेरु, ब्राजिल, मलेसिया, पाकिस्तान र भारतमा फैलिएका नाइजेरियन समूह नेपाललाई ट्रान्जिट बनाउँदै नेदरल्यान्ड लगायत अन्य देशमा कोकिन भित्र्याउन सक्रिय थिए ।
२०६८ यता प्रहरीले १० किलो बढो कोकिन सहित मलेसियन, थाइ, पकिस्तानी, दक्षिण अफ्रिकी र बोलिभियन नागरिकलाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा बोलिभियन नागरिक बाहेक सबै महिला हुन् ।