चार दिनअघि अपहरणमा परेका व्यापारी केडिया बिहारबाट सकुशल मुक्त, (अपहरणकारीको सनसनीपूर्ण खुलासा)


Suresh Kedia

चार दिनअघि अर्थात् गत बिहीबार साँझ बाराबाट अपहरणमा परेका व्यापारी सुरेश केडिया अपहरणमुक्त भएका छन् । नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले केडियालाई बिहारको मोतीहारीबाट सकुशल अपहरणमुक्त गरेको हो । अपहरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

पूर्वी चम्पारण जिल्लाको मोतिहारीबाट उनलाई अपहरणमुक्त गरिएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । उनको खाजी कार्यमा खटिएको भारतीय प्रहरीको एउटा टोलीले छापामारी बन्धक बनाएर राखिएको ठाउँबाट अपहरणमुक्त गराएको एक भारतीय अधिकारीले जनाए ।

केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडिया व्यापारिक कामले बाराको वरियारपुर गएका बेला अपहरणमा परेका थिए । वीरगन्ज खाद्य उद्योगका सञ्चालक तथा केडिया फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ  अपहरणमा परेका थिए । उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर अपहरणकालीले चालक श्याम उनेश कानुमाथि गोली प्रहारसमेत गरेका थिए ।

यो अपहरण बिहारको निकै कुख्यात मानिएको बब्बु दुबे समुहबाट गराइएको बताइएको छ । बब्बु मोतिहरीकै एक कारागारमा कैद सजाय भुक्तान गरीरहेका छन् ।

सीमावर्ती विहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल सत्तामा फर्किए लगत्तै हत्या, अपहरण र फिरौती सुरु भएका छन् । इन्जीनियर, ठेकेदार, व्यापारी अपराधीको निसानामा परेका छन्। विहारमा सजिलै अपराध बढ्न थालेपछि उताका अपराधीले आर्थिक नगरीका उद्योगी व्यवसायीलाई टार्गेट गरेको हुनसक्ने आँकलन सुरक्षाकर्मीहरुले गरेका छन् ।

बब्बु दुबे २०७० जेठ १५ गते काठमाडौंको सीतापाइलामा पक्राउ परेका थिए । त्यो बेला उनीमाथि भारतमा ३० भन्दा बढी हत्याको आरोप थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?