नेपालले खेल्यो लाओससँग बराबरी गोलको मैत्रीपूर्ण फुटबल


football-nepalनेपाल र लाओसबीचको मैत्रीपूर्ण फुटबल एक–एक गोलको बराबरीमा सकिएको छ । लाओसमा भएको खेलमा नेपालले पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बरीबरीमा चित्त बुझाउनु परेको हो ।

खेलको ७७ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता धेरै बेरसम्म टिक्न सकेन । ७९ औं मिनेटमै लाओसले बराबरी गोल फर्काएको थियो । त्यसपछि दुवै समूहबाट कुनै गोल हुन सकेन र नेपाल बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

नेपालले एक महिनाअघि मलेसियाको २३ वर्षमुनिको टोलीसँगको खेल पनि एक–एक गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालले भारतमा भएको सागको फुटबलको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो भने बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको फाइनल पनि जितेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?