माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जुन २५ तारिख अष्ट्रेलिया आउँदै
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलिया आउने भएका छन् । जुनको १५ तारिखका लागि यसअघि भ्रमण तय गरिएको भएपनि पार्टीको सभा परेका कारण उनको भ्रमण एक साता पछि सारिएको हो । आगामी जून को २५ तारिखमा सिड्नीमा हुने नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम पक्का भएको छ । तर मेलबर्न जाने या अन्य कार्यक्रम के हुने भन्ने विषयमा अहिले नै हामी बताउनसक्ने अवस्थामा छैनौं यसका लागि केही समय कुर्नुपर्नेछ, उक्त संस्थाका एक नेताले उमएनटीभीलाई बताए । यससँगै अष्ट्रेलियाको उच्चतहका नेताहरुसँग पनि भेट गराउने प्रयास भइरहेको र यसका लागि दूतावासले तयारी थालेको बताइएको छ । यसैबीच, यसै अधिवेशनको तयारीस्वरुप भर्खरै मात्र भिक्टोरिया राज्य अधिबेशन पनि सम्पन्न गरिएको छ । गत मे २८ तारिखाम भएको अधिवेशनले गौतम लामिछानेको अध्यक्षतामा २१ सदस्यीय राज्य समिति बनाएको छ । जसमा अनन्त पौडेल–उपाअध्यक्ष,लोकराज पौडेल–सचिव,बिक्रम शर्मा–कोषाध्यक्ष चुनिएका छन् । यस्तै सदस्यहरुमा जी।शिवाकोटी,गोविन्द गैरे,मायाप्रसाद सुवाल, बिनोद पौडेल,सिद्दार्थ मरासिनी,हरि श्रेष्ठ,माधव अधिकारी,कमलराज बिनाडि,मिलन ज्ञवाली,सन्तोष पराजुली ,श्याम पौडेल,अन्जनी दाहाल,माधव भट्ट चुनिएका छन् । चारजनाको मनोनयन पछि गरिने बताइएको छ । अधिवेशन नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डव कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।