राजु तामाङ सर्वोत्कृष्ट फुटवलर घोषित, २५ लाख रुपैयाँ प्रदान


Raju Tamang

अखिल नेपाल फुटबल संघ एन्फाले राजु तामाङलाई बर्षको सर्वोत्कृष्ट फुटवलर घोषित गरेको छ । एन्फाले राष्ट्रिय टोलीका मिडफिल्डर तामाङलाई २५ लाख रुपैयाँसहिद सम्मान पनि गरेको छ ।

काठमाडौंमा मंगलबार गरिएको कार्यक्रममा तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले २५ लाखको चेक प्रदान गर्नुभयो । कार्यक्रममा बंगबन्धु गोल्डप र दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता टोलीका प्रत्येक खेलाडीलाई जनहि ५÷५ लाख प्रदान गरिएको थियो । सागका रजत विजेत महिला फुटवल टिमका खेलाडीलाई नगर १ लाख प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?