रोल्पा रोगको सिड्नी प्रदर्शनबाट ट्युमर रोगी अशोक श्रेष्ठको उपचार गरिने, मेलबर्नमा पनि १२ जुनमा प्रदर्शन
आगामी शनिबार चार जुनमा सिड्नीमा रोल्पा रोग चलचित्रको प्रदर्शन हुने भएको छ । रोल्पा नाम सुन्ने वित्तिकै यो माओवादी अति प्रभावित क्षेत्रको नाम हो भन्ने धेरैलाई थाहा हुन्छ । माओवादी युद्धको बेला त्यहाँका युवाहरुले भोगेको कथामा आधारित चलचित्र रोल्पा रोग सिड्नीमा देखाउन लागिएको हो । माया ईभेन्टसको सहकार्यमा नमस्ते ईन्टरटेन्मेन्टले चलचित्र प्रदर्शन गर्न लागेको र शनिबार हस्र्टभिलको सिभिक थियटरमा चलचित्र प्रदर्शन गरिनेछ । चलचित्रबाट प्राप्त रकम नेपालमा ट्युमर रोगका कारण कष्टकर जीवन विताउन बाध्य अशोक श्रेष्ठको सहयोगमा खर्च गरिने भएको छ । रोल्पा रोगमा माओवादी जनयुद्ध ताकाका गतिविधि मात्र छैनन् त्यति बेलाको ग्रामीण परिवेशको झल्को समेत दिन खोजिएको देखिन्छ । यसका निर्देशक दिपक ओली हुन् भने चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, विनु खड्का, सुशील पोखरेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ट्युमर रोगी अशोक श्रेष्ठको विषयमा यस लिंकमा गएर तपाईंले जानकारी लिन सक्नुहुनेछ । https://www.youtube.com/watch?v=UdVG1LOHzzM
यसैबीच, रोल्पा रोग चलचित्रको प्रदर्शन आगामी जुन १२ तारिखका दिन मेलबर्नमा समेत हुने भएको छ । हिमाली कल्चरल ग्रुपको प्रस्तुति रहेको यस चलचत्रिको मेलबर्न प्रदर्शनसँगै लाईभ दोहोरी, नृत्य लगायतका मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने भएको छ । स्थानीय ब्रन्सविकको ईस्टोनिया हाउसमा प्रदर्शन गर्न लागिएको चलचित्र रोल्पा रोग सत्य घटनामा आधारित चलचित्र हो । माओवादी जनयुद्धले युवाहरुमा कस्तो प्रभाव पारेको थियो र अन्ततः उनीहरुले कस्तो परिणति भोग्नु पर्यो भन्ने कथावस्तुको केन्द्रमा चलचित्र रहेको छ । हाँस्य विधामा समेत नयाँ प्रयोग गरिएको यो चलचित्रलाई मेलबर्नमा हेर्नका लागि विराज ०४२३९६०१३३, गोविन्द ०४३३३०४५३५, किरण ०१२०५९९२६४ र प्रकाश ०४१३२४७२२२ मा सम्पर्क गर्न सकिने आयोजक संस्थाले जनाएको छ ।