राष्ट्रिय गानका सर्जक अम्बर गुरुंगको उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन


वरिष्ठ संगीतकार अम्बर गुरुंगको निधन भएको छ । उहाँ ७९ वर्षका हुनुहुन्थ्यो । राष्ट्रिय गानसहित कैयौं कालजयी गीत र संगीतका सर्जक गुरुंगको गएराति २ बजेर ३७ मिनेटमा निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि अघिल्लो सोमबार अस्पताल लगिएको थियो । उनी स्पिरेसन निमोनिया, पेट तथा अन्ननलीको रक्तश्राव, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । ambarखानेकुरा सर्किएर खानाका नलीमा पुग्दा समस्या सुरु भएको र यसपछि उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । दार्जिलिंगमा विसं. १९९४ साल फागुन १४ गते उनको जन्म भएको थियो । सोमबार उनको मृत्यु भएको भन्दै केही अनलाईनमा समाचार आएपछि यसको अस्पताल र परिवारले खण्डन गरेको थियो । अझै पनि उपचार जारी रहेको भन्दै परिवारले पत्रकार सम्मेलन नै गरेर पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो । आजसम्ममा फरक अवस्था नदेखिए नयाँ उपचार प्रणालीमा लैजाने परिवारले जनाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?