पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादव सिड्नीमा


ganesh tamang
विमानस्थलमा अध्यक्ष यादवको स्वागत गर्दै नेपाली समूदाय । तस्वीर लील गुरुंग पुर्जा

आफ्नो पार्टीको भ्रातृ संगठन नेपाली संघीय समाज अष्ट्रेलियाको पहिलो अधिवेशनमा सहभागी हुन संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव सिड्नी आइपुग्नुभएको छ । सिड्नी आइपुग्दा आज नेपाली समाजका अगुवाहरु, नेपाली संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामांगसहितका पदाधिकारी र नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलियाका अध्यक्ष चित्र तुम्बाहाम्फेसहितले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त अवसरमा न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, नेपाली दूतावास अष्ट्रेलियाका डेप्युटि चिफ अफ मिशन राजेन्द्र पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो । आइतबार अध्इक्ष यादवले सिड्नीको एसबरी सिनियर सिटिजन सेन्टरमा आयोजना हुने नेपाली संघीय समाज अष्ट्रेलियाको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । ganesh1यस लगत्तै नेपाली समूदायका सदस्यहरुसँग नेपालको वर्तमान राजनीतिक परिस्थितिका विषयमा पनि उहाँले अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । एमएनटीभीका लागि कार्यक्रम प्रस्तोता भीमसेन सापकोटासँग कुरा गर्दै अध्यक्ष यादवले अष्ट्रेलियाको अनुभवबाट नेपालमा पनि धेरै परिवर्तन गर्न सकिने बताउनुभएको छ । उहाँले विदेशमा सिकेको अध्ययनका आधारमा समाजलाई सम्बृद्ध बनाउन सकिने उहाँको भनाई छ । उहाँले नेपालमा दलको स्वार्थबाट माथि उठ्न नसक्नु नै विडम्बना बनेको उहाँको धारणा छ । अध्यक्ष यादवसँगको कुराकान्ी तपाईंले एमएनटीभीमा हेर्न सक्नुहेनछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?