राईट एण्ड एशोसिएट्स मेलबर्न शाखाको अवैतनिक महावाणिज्यदूत योञ्जनबाट उद्घाटन


IMG_1198सिड्नीमा केन्द्रीय कार्यालय रही विगत लामो समयदेखि नेपाली विद्यार्थीहरुलाई परामर्श उपलब्ध गराउँदै आएको राईट एण्ड एशोसिएट्सको मेलबर्न शाखा उदघाटन भएको छ । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एक समारोहकाबीच शाखाको उद्घाटन गर्नुभयो । शनिबार स्थानीय लिटिल कोलिन स्ट्रीटमा अवस्थित कार्यालयको शुभारम्भ गरिएको हो । उक्त अवसरमा बोल्दै महावाणिज्यदूत योञ्जनले नेपाली समूदायका साथै अष्ट्रेलियामा रहेका अन्य समूदायसम्म आफ्नो सेवा विस्तार गर्दा अनुचित प्रतिस्पर्धा नहुने बताउनुभयो । उहाँले एउटा संख्या थप्ने काम भन्दा गुणस्तरमा जोड दिन पनि अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै अष्ट्रेलियामा कार्यरत नेपाली एजुकेशन एजेन्टहरुको संस्था एक्काका उपाध्यक्ष महेश भण्डारीले थोरै नाफामा धेरै सेवा दिँदा पनि आफुहरुप्रतिको धारणा सकारात्मक हुन नसकेको भन्दै क्वान्टिटीभन्दा क्वालिटी सेवामा सबैले केन्द्रित बन्नुपर्ने धारणा राख्नुभयो ।IMG_1239 मेलबर्नमा यस किसिमका २२ वटा संस्था रहेकोमा २३ औं संस्थाको रुपमा राईट एण्ड एशोसिएट्सलाई स्वागत गर्नुभयो । कार्यक्रममा एमएनटीभीका समाचार प्रमुख चिरञ्जीवी देवकोटा, सेतोपाटीका अष्ट्रेलिया व्यूरो संयोजक हेमन्त काफ्ले, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, नारकोशी वेव पोर्टलका खेम शर्मा, समाजका अगुवा दुर्गा आचार्य लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै निर्देशकहरु परशुराम अधिकारी र बाल भट्टराईले चितवनबाट सिड्नी हुँदै मेलबर्नसम्मको १६ वर्षको यात्रामा सही सूचना र भरपर्दो सेवालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । वन स्टप सोलुशनको नारालाई अघि बढाउँदै शैक्षिक परामर्शका साथै एकाउन्ट, होम लोनका साथै अन्य वित्तिय सेवा पनि मेलबर्न शाखाले प्रदान गर्ने बताउनुभयो । यसका लागि चार्टड एकाउन्टेन्ट राजेश आचार्यको लोटस स्मार्ट एकाउन्टसँग सहकार्य गरिने भएको छ । राईट एशोसिएट्सको मेलबर्न शाखा प्रमुख सुरेश क्षेत्री रहनुभएको छ । कार्यक्रममा नेपाली टाईम्स मेलबर्नकी सम्पादक निरु त्रिपाठी, ग्रेस ईन्टरनेशनलका निर्देशक रामचन्द्र पौडेल लगायत मेलबर्नमा रहेका अन्य प्रतिष्ठित व्यक्तित्वहरुको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन राईट एशोसिएट्सकै दिनेश खनालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?