वेल्स र पोल्याण्ड युरोकपको क्वार्टरफाइनलमा


poland-1वेल्स र पोल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार साँझ भएको पहिलो खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका जाकाको प्रहार फ्रेममै परेन । स्वीस टिमलाई नकआउट चरणसम्म र्पुयाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जाका प्रि क्वार्टरफाइनलमा भने खलनायक झै देखिए ।
स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । तर, पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५–४ को जित दिलाए ।
यसअघि खेलमा पोल्याण्डले ३९ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातमै गोल गर्ने राम्रो मौका गुमाएको उसका लागि जाकुब ब्लासचिकोस्कीले गोल गरे ।
दोस्रो हाफदेखि विपक्षीमाथि लगातार आक्रमणको योजना बुनेको स्वीस टिमले खेल सकिन ८ मिनेटमात्र बाँकी छँदा बराबरी गोल फर्कायो । उसका लागि साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गरे ।
९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन ।
खेलमा स्वीस टिम पटक पटक अभागी सावित भएको थियो । स्वीस प्लेयर वान भर्सेस वानमा समेत चुके भने केही प्रहार बारमा लागेर फर्किएको थियो ।
यसैबीच शनिबार राति भएको खेलमा वेल्सले नर्दन आयरल्यान्डलाई १–० ले हराएको छ । खेलको पहिलो हाफ गोलरहीत बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा नर्दन आयरल्यान्डका एक खेलाडी आफ्नै पोलमा गोल गरेपछि वेल्स विजयी भएको हो । वल्र्सले युरोकप खेलको पहिलो पटक हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?