नायिका गौरी मल्लले भनिन् मलाई जपानमा दुव्र्यवहार भो


anoj shakya केही समय अघि अमेरिकाबाट नेपाल फर्किएपछि चलचित्रकर्ममै सक्रिय रहेकी नायिका गौरी मल्ल पुनः हराइन् । उनी कता गइन् धेरैको लागि चासोको विषय थियो । तर, उनी त्यतिबेला जपान गएको खुलेको छ । गौरी मल्लले नेपालमा फर्किएर आफुमाथि दुव्र्यवहार भएको र ठगी गरिएको आरोप लगाएपछि यो घटना सार्वजनिक भएको हो । जपानमा विज्ञापनमा खेल्ने र त्यहाँको राष्ट्रियस्तरको अभिनय गर्ने क्षेत्रमा संलग्न गराइदिने आश्वासन दिँदै अनोज शाक्यले आफुलाई धोका दिएको नायिका मल्लको तर्क छ । उनले भनेकी छिन्, “जपान आउन मलाई तीन लाख पठाइदियो । जपानमा ईको स्प्रे फर एयर फिल्टरको विज्ञापन खेल्ने कुरा थियो । तर, जपानमा पुगेपछि मलाई शारीरिक तथा मानसिक दुव्र्यवहार एवं यौन हिंसा भयो ।”
नायिका गौरी मल्लले जपानस्थित नेपाली दूतावासमा निज अनोज शाक्यले आफुलाई दुव्र्यवहार, गाली बेइज्जती, शारीरिक तथा मानसिक यातना, महिलाजन्य यौन हिंसा, समयको बर्बादी तथा आर्थिक क्षतिसमेत गराएको आरोप

anoj shakya1
यिनै हुने नायिका गौरी मल्लले आरोप लगाएका अनोज शाक्य

मल्लको छ । आफुमाथि भएको दुव्र्यवहारको प्रमाण सुरक्षित रहेको पनि उनले बताएकी छिन् । यता नायिका गौरी मल्लले यस्तो धारणा सार्वजनिक गरिरहँदा उता जपानमा रहेका अनोज शाक्यले भने उल्टै नायिका गौरी मल्ल नै खराब रहेको बताएका छन् । उनले फेसबुक पोष्टमार्फत गौरी मल्लले उल्टै क्यामेरा चोरेर भागेको, नक्कली विवाह गरेर जपान आएको आरोप लगाएका छन् । उनले भनेका छन्, “जसले जति आरोप लगाए पनि केही फरक पर्दैन । पैसा पनि लिने क्यामेरा पनि लिने, जपानी नक्कली विवाह पनि गर्ने ? मैले उनीसँग २ पटक हग (अंगालो मार्ने) बाहेक अरु केही पनि गरेको छैन । मैले माफी माग्ने होइन, उल्टै नक्कली विवाहको अभियोगमा जपानमा जेल हाल्न सक्छु ।”

यस घटनामा प्रतिक्रिया जनाउँदै धेरै पाठकले देशमै ईज्जतिलो सार्वजनिक विताइरहेका गौरी मल्ल जस्ता कलाकार त विदेशमा पैसा कमाउन पाइने प्रलोभनमा ठगिन्छन् भने अरुको के हाल होला भनेर चिन्ता व्यक्त गरेका छन् । यस विषयमा जपानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्रराज भण्डारीले छानविन भइरहेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?