चर्चित फुटबलर मेस्सीलाई २१ महिना जेल सजायँ !


Messi

स्पेनको एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको छ ।
बार्सिलोनाको अदालतले कर छलीका तीन मुद्धामा मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना जेल सजाय सुनाइएको छ । साथै मेस्सीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन जरिवाना तिर्न अदालतले आदेश दिएको छ । मेस्सी र उनका बुबामाथि सन् २००७ देखि २००९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको आरोप छ ।
अदालतमा उपस्थित भएका मेस्सीले भने यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।
अदालतको फैसलाविरुद्ध मेस्सीले स्पेनको सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?