ब्रिसबेनमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा काव्य साँझ हुँदै


kabyaआदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती तथा रेडियो ४ इबिएफएम९८.१ बाट नियमित प्रसारण हुँदै आएको नेपाली रेडियो कार्यक्रमले प्रसारणको १० बर्ष पूरा गरेको अवसरमा गैरआवासीय नेपाली संघ क्विन्स्ल्यान्ड र नेपाली कार्यक्रम समूह, रेडियो ४ इबि एफएम ९८.१ ले संयुक्त रुपमा काव्य साँझ नामक बिशेष साहित्यिक जमघट आयोजना गर्न गर्ने भएका हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रख्यात साहित्यकार अमर न्यौपाने सहभागी हुनुहुनेछ। न्यौपाने समकालिन नेपाली साहित्यका निकै लोकप्रिय युवा आख्यानकार, मदन पुरस्कारबाट सम्मानित व्यक्तित्व तथा सेतो धरती, करोडौँ कस्तुरी, पानीको घामजस्ता बहुचर्चित एवं उत्कृष्ट पुस्तकका लेखक हुनुहुन्छ।
कार्यक्रममा नेपाली साहित्यका सिर्जना, नेपाली सङ्गीतका सुन्दर बान्की साथै प्रमुख अतिथी अमर न्यौपानेसँगको अन्तर्कृया र सँगै उहाँका कविता प्रस्तुत हुने आयोजक मध्येका एक अरुण पौडेलले जानकारी दिनुभयो । नेपाली साहित्य क्षेत्रमा प्रवासको योगदान महत्वपुर्ण रहँदै आएको छ । पछिल्लो समयमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रबद्र्धनका लागि अष्ट्रेलियामा पनि विविध कार्यक्रम हुँदै आएका छन् । क्वीन्सल्याण्डमा आयोजना गरिएको यो विशेष साहित्यिक कार्यक्रमले स्थानीय प्रतिभाहरुलाई आफ्नो सिर्जना प्रस्फुटन गर्ने अवसर दिनुका साथै नेपाली भाषाका प्रसिद्ध लेखकसँग साक्षात्कार गराउनेछ । यही शनिबार ९ जुलाई दिउँसो ३ः३० बजेदेखि कार्यक्रम गरिनेछ । प्रसिद्ध साहित्यकार अमर न्यौपाने अष्ट्रेलियाको ब्रिसबेनसहित सिड्नी र मेलबर्नमा आयोजना गरिने कार्यक्रममा पनि सहभागी बन्दै हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?