नेपाली दूतावास र महावाणिज्यदुतको कार्यालयको आयोजनामा पर्यटन प्रबद्र्धन साँझ २०१६ मेलबर्नमा सम्पन्न


2 अष्ट्रेलियास्थित नेपाली दूतावास र अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा पर्यटन प्रबद्र्धन साँझ २०१६ सम्पन्न भएको छ । अष्ट्रेलियामा रही नेपालमा पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने ट्राभल अपरेटरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम मेलबर्नको सिड्नी रोडस्थित बिगबेली एशियन रेष्टुरेन्टमा गरिएको थियो । सरकारी अधिकारीहरु, राजनीतक नेतागण, काउन्सिलका पदाधिकारीहरु, ट्राभल एजेन्ट र टुर अपरेटरका साथै स्थानीय सञ्चारमाध्यमहरुलाई समेत आमन्त्रण गरिएको 1कार्यक्रममा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु समेत सहभागी थिए । IMG_1628 copy नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भिक्टोरिया लेजिस्लेटिभ काउन्सिलका प्रेसिडेन्ट ब्रुश अटकिन्सन र भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले संयूक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा स्वागत गर्दै महावाणिज्यदुत योञ्जनले अष्ट्रेलियाबाट हामीले यहाँको बहुसांस्कृतिक समाजका राम्रा कुराहरु सिक्नुपर्ने बताउनुभयो भने ट्राभल एजेन्सी र टूर अपरेटरका साथै मिडियाले नेपालको पर्यटन प्रबद्र्धनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यसैगरी प्रमुख अतिथि ब्रुश अटकिन्सनले नेपालका प्रमुख पर्यटकीय गन्तव्यको विषयमा यहाँका अष्ट्रेलियावासीलाई जानकारी गराउनुपर्ने र साहसिक पर्यटनको प्रबद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा असे एक्सनका तर्फबाट ग्रिमी केन्ट, लग्ड अन फाउन्डेशनको तर्फबाट मार्क पिनोली, स्माईल हाईका तर्फबाट ट्रेभोर मोइली, टेनिस ट्रेकरको तर्फबाट ड्रग ग्रान्ट र लाना हर्सिमिभले बोल्दै नेपाल भ्रमणको आफ्नो अनुभव सुनाएका थिए । नेपालको हिमाल, पहाड र तराई झल्किने सांस्कृतिक प्रस्तुति हनिशा लुईटेल, रेखा श्रेष्ठ र मानव श्रीवास्तवले दिएका थिए भने ट्राभल एजेन्सीको तर्फबाट बुद्ध ट्राभल्स एण्ड टुर्सका भीम न्यौपाने र कशिप्रा करिप्पाले प्रस्तुति दिनुभएको थियो । हरेक वर्ष नेपालको पर्यटन प्रबद्र्धन गर्नका निम्ति अष्ट्रेलियाका विभिन्न राज्यमा आयोजना हुने यस कार्यक्रमको अवसरमा पर्यटन बोर्डले नेपालको पर्यटकीय क्षेत्रहरुको विषयमा तयार पारेको दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । IMG_1733 copyकार्यक्रमको अन्त्यमा उपस्थित ट्राभल एजेन्टहरुलाई राफल चिठ्ठा समेत प्रदान गरिएको थियो जसमा भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले नेपाल जाने दुईतर्फी हवाई टिकट २ जनालाई, बुद्ध ट्राभल्स र ग्रेस कन्सल्टेन्सीको तर्फबाट आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागीहरुले नेपालको आत्मीय सत्कारबाट अष्ट्रेलियनहरु प्रभावित रहेको र भूकम्प पछि अझ बढी पर्यटकलाई नेपालमा पठाउन सके यसले नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्नसक्ने चर्चा गरेका थिए । कार्यक्रमको अन्त्यमा महावाणिज्यदूतको कार्यालयका सल्लाहकार सुधिर शाक्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका थप तस्वीरहरु हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?