बाइसौं अन्तर्राष्ट्रिय आदिवासी दिवसमा सिड्नीमा विशेष कार्यक्रम हुँदै


हरेक वर्षजस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा सिड्नीमा नेपाली आदिवासी जनजाति फोरम अष्ट्रेलिया निन्फाको indigeniousआयोजनामा विशेष कार्यक्रम हुने भएको छ । आदिवासी जनजातिको अधिकारको गम्भीर विषय मात्र होइन यही कार्यक्रममा आदिवासी र जनजातिका परम्परागत पहिरन, गीत संगीत र खानाहरुको समेत प्रदर्शनबाट यसलाई विशेष बनाइन लागिएको निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फेले जानकारी दिनुभयो । उहाँका अनुसार १३ अगष्ट आइतबार पिटरशाम टाउन हलमा आयोजना गरिने कार्यक्रमको नारा आदिवासी जनजातिको अडान, पहिचानसहितको संघयि संविधान राखिएको छ । अभियन्ता अरुण कुमार तामाङले भन्नुभयो, “यो दिवस हाम्रो भाषा, धर्म, संस्कृति र मौलिकतालाई जोगाउने र ईतिहासले गरेका विभेदहरुलाई पहिचान गरी समतामूलक समाज सिर्जना गर्ने मौका हो । सिड्नीमा रहने नेपाली समूदायका सबै तह र तप्काको सहभागिताको अपेक्षा छ ।” कार्यक्रममा विभिन्न आदिवासी जनजाति परिकारका फुड स्टलहरु समेत राखिनेछ । यसैगरी कार्यक्रममा अष्ट्रेलिया र नेपाली आदिवासी जनजातिका गीत संगीत र नृत्यबाट उपस्थितहरुले मनोरञ्जन लिन सक्ने तामाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?