डा. गोविन्द केसीको माग तत्काल पूरा गर्न जनप्रगतिशील मञ्च अष्ट्रेलियाको माग
माओवादी केन्द्र निकट प्रवासी नेपालीहरुको संगठन जनप्रगतिशील मञ्चको अष्ट्रेलिया शाखाले नेपालमा विगत १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अनसनमा ऐक्यबद्धता जनाएको छ । संगठनका अध्यक्ष माण्डवराज कार्कीले एक विज्ञप्ति प्रकाशित गर्दै शिक्षा सबैको पहुँचमा हुनुपर्छ र पर्नुपर्छ भन्ने मान्यतामा संस्थाले समर्थन गर्ने बताउनुभयो । कार्कीले जायज मागहरुप्रति जनप्रगतिशील मञ्चको ऐक्यबद्धता रहेको र डा. गोविन्द केसीको स्वास्थ्यअवस्थाका बारेमा चिन्तित हुँदै उहाँको बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि पहल गरिदिन पनि मञ्चले माग गरेको छ । देशमा फस्टाउँदै गएको शिक्षामा निजीकरण, व्यापारीकरण लगायत मेडिकल शिक्षा र यसका विकृतिका विरुद्धमा पटक पटक अनसन बस्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने माग पनि मञ्चको छ । सरकार र संसदले डा. केसीका मागहरु तत्काल पूरा गर्नुपर्ने पनि विज्ञप्तिमा माग गरिएको छ ।
यसैबीच, जनप्रगतिशील मञ्चका नवनिर्वाचित अध्यक्ष माण्डवराज कार्कीले एमएनटीभीसँग कुरा गर्दै देशमा पछिल्लो पटक विकसित भएको राजनीतिक घटनाक्रमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मञ्च अधिवेशनमा आउने कार्यक्रम स्थगित हुनुको कारण प्रष्ट्याएको बताउनुभएको छ । उहाँका विरुद्ध उजुरीहरु पनि परे होलान् । तर, अन्तिम समयमा आएर भ्रमण स्थगित हुनुको कारण देशमा विकसित भएको राजनीतिक सरगर्मी र सरकार परिवर्तन नै थियो भन्ने कुरा दुई साताभित्रै प्रष्ट भएको हामीले ठानेका छौं, कार्कीको दाबी छ । आफुहरुले अध्यक्ष पुष्पकमल दाहाललाई औपचारिक निमन्त्रणामै अष्ट्रेलिया भ्रमण गराउन प्रयास थाल्ने पनि कार्कीले बताउनुभयो । गत जुन २५ तारिखमा सम्पन्न भएको नेपाली जनप्रगतिशिलमञ्च अस्ट्रेलियाको तेश्रो अधिवेशनबाट निर्वाचित भएको कार्यसमिति समेत सार्वजनिक गरिएको छ । जसमा अध्यक्ष – माण्डव राज कार्की, उपाअध्यक्ष –निराजन गौली, हिमलाल गैरे, महासचिव –यादव देवकोटा, सचिव चुन्ना क्षेत्रि, गौतम लामिछाने, राजु ढकाल, कोषाध्यक्ष –कपिल पाण्डे, सदस्यमा लोक राज पौडेल, सजना मानन्धर, सामना पौडेल, माधव अधिकारी, बिक्रम शर्मा, प्रमोद दवाडी, टंक सापकोटा, रबिन्द्र ढुंगाना, प्रकाश सिम्खडा, गोपाल शिवाकोटी, राजन बिष्ट, निरज धमला, खिम भण्डारी, गम्भीर सापकोटा, भारत न्योपाने, अनिल पौडेल, बाबु चालिसे, जयराम हरि पन्त रहनुभएको छ । सम्मेलनले मञ्चको अभिभावकत्व गर्नेगरी प्रमुख सल्लाहकारमा शेषमणि शर्मालाई चयन गरेको छ । यसैगरी सल्लाहकारमा भरत नेपाल, प्रविन कँडेल, झलक ढुंगाना, सरिता ढकाललाई पनि चयन गरिउको छ । कार्यसमितिका ९ सदस्य पछि मनोनयन गरिने बताइएको छ ।