चार सय किलोभन्दा बढी लागुपदार्थ बरामद


Lagu_Ausadकाठमाडौँ कमलपोखरीस्थित आर्य फर्मा ल्याब प्रालिमा कार्यरत कमलपोखरी बस्ने भारत रामगढवा रक्सौलका ३५ वर्षीय दिलीप पण्डितलाई ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले पण्डितलाई बुधबार पक्राउ गरेको प्रहरीले आज जनाएको छ । उनले ललितपुर उपमहानगरपालिका–६ पाटन औद्योगिक क्षेत्रस्थित सङ्घाइ प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाम कोठामा एकै किसिमका ९५२ डिब्बामा लुकाइराखेको ४७१ किलो ८८ ग्राम नियन्त्रित मनोद्दीपक समेत प्रहरीले बरामद गरेको छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?