रियो ओलम्पिकमा नेपालको झन्डा फुपुले बोक्ने


Fuphuजुडो खेलाडी फुपु ल्हामु खत्रीले ब्राजिलमा हुने रियो ओलम्पिकमा नेपालको झन्डा बोक्ने भएकी छन् । दक्षिण एसियाली खेलकुद (साग) कि स्वर्ण बिजेता फुपु रियो ओलम्पिकमा ६३ केजी तौल समूहमा भिड्दै छिन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीले  शनिबार फुपुले नेपालको झन्डा बोक्ने निर्णय गरेको हो । उनले ६ महिनाअघि भारतको गुवाहाटी र सिलोङको संयुक्त आयोजनामा भएको १२ औं सागमा ६३ केजीतर्फ स्वर्ण जितेकी थिइन् ।

उनी जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् । नेपालले सन् १९९५ को सातौं मद्रास साग गेम्समा स्वर्ण जितेयता २१ वर्षपछि फुपुले जुडोमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । फुपु ‘वाइल्ड कार्ड’ मार्फत ओलम्पिकमा सहभागी भएकी हुन् ।

रियो ओलम्पिकमा नेपालबाट ५ खेलका ७ खेलाडी सहभागी हुँदैछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?