यसवर्षको बाढी पहिरो पीडितलाई सहयोग गर्न एनआरएन अष्ट्रेलियाको आह्वान


एनआरएन अष्ट्रेलियाले यस वर्ष बाढी पीडित बनेका नेपालीहरुको सहयोगका लागि आह्वान गरेको छ । nepal floodsएनआरएन अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै नेपालमा यसैवर्ष गएको बाढीमा पीडित बनेकाहरुको सहयोगका लागि अष्ट्रेलियावासी नेपाली समूदायमा आह्वान गर्दै नेपालमा परेको विपत्तिमा एकजुट हुन आग्रह गरेको छ । अष्ट्रेलियाका सबै राज्यमा रहेका आफ्ना कमिटीहरुमार्फत सहयोग संकलनलाई तिव्रता दिइने एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक राज्यमा रहेका एनआरएन अष्ट्रेलिया राज्य समितिका संयोजकहरुलाई नै यस कार्यको लागि पनि संयोजन गर्ने जिम्मा दिएका छौं । विगतमा जस्तै यस पटक पनि नेपालमा आइपरेको प्राकृतिक विपत्तिमा हामी सबै नेपालीले साथ दिनेछौं । देशलाई दुख्दा हामीलाई पनि दुख्छ, त्यसैले यो अभियान थालेका हौं ।” यसैगरी एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले पनि एनआरएन अष्ट्रेलियाको खाता नम्बर ०३२००६३०७९८२ मा आफ्नो नाम उल्लेख गरेर सहयोग रकम जम्मा गर्न अष्ट्रेलियावासी नेपाली समूदायलाई आह्वान गर्नुभयो । solangtureपछिल्लो समय अविरल वर्षापछि गएको बाढीका कारण तराईका केही जिल्ला प्रभावित भएका छन् भने पहाडी जिल्लाहरुमा समेत धनजनको क्षति भएको छ । नेपाल सरकारको तथ्यांक अनुसार नै पनि यसवर्ष बाढी पहिरोमा परी एक सय २ जनाको ज्यान गइसकेको छ । देशका विभिन्न ४३ जिल्ला बाढी पहिरोको मारमा परेका छन् । बाढी पहिरोकै कारण २२ जनाको अवस्था अज्ञात छ भने उद्धार र राहतका लागि प्रहरी, नेपाली सेना र कर्मचारी लगायत सरकारी निकाय खटिएको छ । मुख्यतः प्युठान, बागलुंग र बाँके जिल्ला बाढीबाट नराम्ररी प्रभावित भएका छन् । सप्तरीमा भारतीय सडक निर्माणका कारण नेपाली क्षेत्र जलमग्न भएपछि त्यसको विरोधमा स्थानीयवासी उत्रिएका थिए । यसअघि मेलबर्नमा सोलाङचरको संयोजनमा नेपाल निड्स यू अभियान सञ्चालित छ । जसमा बुधबारसम्म २८ सय ३९ डलर सहयोग संकलन भइसकेको छ । यो सहयोग रकमले बाढी पीडितको लागि लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गर्ने योजना रहेको संस्थाका राजु शाक्यले बताउनुभयो । संकलित सबै सहयोग रकमलाई गायक रोहित जोन क्षेत्रीले आफैं प्रभावित क्षेत्रमा पुगी हस्तान्तरण गर्ने समेत तयारी छ ।badi pdit sahayog यसैबीच, नेकपा माओवादी केन्द्रको प्रवासी नेपाली संगठन जनप्रगतिशील मञ्च अष्ट्रेलियाले बाढी पीडित प्युठानका बासिन्दाहरुको लागि एक लाख ६८ हजार ४ सय सहयोग पठाएको छ । बाढी पहिरोमा परी प्युठानमा मात्रै ३९ जनाले ज्यान गुमाएका छन् । जनप्रगतिशील मञ्च अष्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणि शर्माले भन्नुभयो, “तत्कालै प्युठानमा सहयोग आवश्यक भएको देखेर हामीले यति रकम सहयोग गरेका हौं । अझै पनि यो क्रम जारी रहनेछ ।”  भूकम्पको मारबाट थिलथिलो बनेको नेपालको भूमि भारी वर्षातका कारण जोखिमयुक्त बनेको पछिल्लो तथ्यांकहरु देखिएका छन् । अर्कोतिर वष्र्नेनी आउने बाढी र पहिरोका कारण पनि जनधनको ठूलो क्षति हुने गरेको छ । तराईका जिल्लाहरु जलमग्न बन्ने, पहाडी जिल्लाहरुमा पहिरोले गाउँ र वस्तीहरु नै सखाप पार्ने क्रम छ । भूमिको उचित व्यवस्थापन हुन नसकेका कारण र वस्तीहरुलाई बाढी पहिरोको जोखिमका क्षेत्रहरुको पहिचान गरी अन्यत्र सार्ने कार्यको थालनी गर्न ढिला भइसकेको विज्ञहरुले बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?