ओलम्पिक खेल्न पुगेका बक्सर पक्राउ, यौन शोषणको आरोप
ओलम्पिकमा सहभागी हुन पुगेका मोरक्कोका एक खेलाडी यौन शोषण गरेको आरोपमा पक्राउ गरेका छन् ।
बक्सर खेलाडि हसन सादा रियो ओलम्पिकको उद्घाटनभन्दा पहिले यौन शोषणको मामिलामा पक्राउ परेका हुन् । २२ वर्षीय हसन रियोको ओलम्पिक भिलेजमा सरसफाइको काम गर्ने दुई महिलाको उजुरीको आधारमा पक्राउ परेको बताइएको छ ।
उनले अगस्ट ३ मा ओलम्पिक भिलेजमा काम गरिरहेका दुई ब्राजिली सरसफाई कर्मचारीमाथि यौनशोषण गरेको आरोप प्रहरीले जनाएको छ ।
हसनले सरसफाई काम गर्ने महिलालाई कोठामा बोलाएर अभद्र व्यवहार गरेको बताइएको छ । प्रहरीले त्यस बेला उनको कोठामा अरु दुई जना खेलाडी भए पनि उनीहरुले हसनको क्रियाकलापको विरोध नगरेको जनाएको छ ।