नक्कली शैक्षिक प्रमाणपत्रधारी थप दुई चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रधारी थप दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मिडाट अस्पताल लगनखेलका फर्जाना सविहा र शिवपुरी डेन्टल क्लिनिक महाराजगन्जका किशोर गुरुङलाई पक्राउ गरेको हो । सर्लाहीको मलंगवा–३ घर भइ सविहा कुपन्डोलमा बस्दै आएका थिए ।
यस्तै सुनसरीको धरान–१० घर भएका गुरुङ भने काठमाडौंको सानो भ¥याङमा बस्दै आएका थिए । अप्रेसन क्वाक अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि सिआईवीले ५६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गरिसकेको छ ।