नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरममा नयाँ कार्यसमिति, विवेक थापा अध्यक्ष चयन


bibekनेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम ९एनएडिफ० ले नबौं अधिबेशन अन्तर्रगत निर्बाचन सम्पन्न गरेको छ । अष्ट्रेलियाको नेपाली समुदायमा सन १९९८ मा स्थापित भएर करीब दूई दशक देखि सामाजिक कार्य तथा राजनैतिक बहस ९सोसियो(पोलिटिकल एक्टिभिटीज० गर्दै आएको यस संस्थाले ओबनको साईनो नेपाली रेष्टुरेण्टमा सर्बसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको हो । प्रजातान्त्रिक बिचारधाराका अगुवाई तथा बौद्धिक समुदायको सहभागिता रहेको यस संस्थाले गएको दिनहरुमा बैचारीक मन्थन गर्दै नेपाल र नेपालीका लागि उल्लेखनिय परोपकारी कार्य गर्दै आएको संस्थाका निबर्तमान अध्यक्ष बालचन्द्र भट्टराईले आयोजित कार्यक्रममा बताए । निबर्तमान महासचिब डा ज्ञानेन्द्र रेग्मीका अनुसार गत २ बर्ष मा सुनकोशीमा बाढी पहिरो जादा नेपाली रु ५ लाख, नेपालमा बिनाशाकाली भुकम्प जादा अस्ट्रेलियन डलर ५,००० सहयोग गर्नु को साथै सिडनीमा मेन्टल हेल्थ सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु तथा समसामयिक राजनैतिक बिषयहरुमा अन्तरक्रिया जस्ता गुणात्मकता कार्यक्रम गर्न यस संस्था सफल भएको छ ।
आन्तरीक स्वच्छ प्रतिष्पर्धा भएता पनि कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा निर्वाचन समितिका साथीहरुले सहज बाताबरणमा नै सर्बसम्मत कार्य समिति चयन गर्न सफल भएको निर्बाचन समितीका छबि सापकोटा र हेमन्त काफ्लेले बताउनु भयो । आगामी दुइ दूई बर्षका लागि निर्बाचित भएको नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापा सर्वसम्मत भएका छन । त्यसै गरि संस्थाको उपाध्यक्षमा सुरेन्द्र सापकोटा र पूर्णनाथ घिमिरे, महासचिबमा माधब गैह्रे, सचिबमा इथान शाक्य, कोषाध्यक्षमा सत्य प्रकाश कंडेल, पब्लिक रिलेसन अफिसरमा अर्जुन केसी, यूवा संयोजकमा रामजी बस्नेत सर्बसम्मत भएको छन् । त्यसैगरी सदस्यहरुमा नन्द गुरुङ, परशुराम अधिकारी, प्रकास जिसी, जितेन्द्र सापकोटा, रमेश जोशी, प्रकाश अर्याल, रोहित खड्का, उद्धब भट्ट, पूर्ण लिम्बु र प्रमिता शर्मा ९खनाल० रहेका छन। नयाँ समितिलाई बधाई दिने क्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दुई बर्षको कार्यकाल सफलताको कामना गरेका थिए । nadfउनले यस संस्थाले एउटा इतिहास बोकेको ले राम्रो संग कार्य सम्पादन गर्न सुझाब समेत दिए । नबनिर्बाचित समितिलाई ओशिनिया संयोजक महेन्द्र लम्साल पत्रकार हेमन्त काफ्ले, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी, नब निर्बाचित एक्काका अध्यक्ष निरज श्रेष्ठ, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेस केसी, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, एनआरएनएएका महासचिव टोनु घोताने, उपाध्यक्ष अभिमानसिंह बस्नेत, कोषाध्यक्ष डिला खरेल, छबि सापकोटा, जानकी पौडेल, नारायण कोइराला लगायतले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । नब निर्बाचित अध्यक्ष विवेक थापाले गरीमामय संस्थाको जिम्मेवारी सर्बसम्मत रुपमा आफूलाइ दिनुभएकोमा धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकालमा सामाजिक संघ संस्थासंग हातेमालो गर्दै बैचारिक बहसका कार्यक्रमहरु चाडै नै ल्याउने प्रतिबद्धता ब्यक्त गरे । उनले आफूप्रति सबैले बिश्वास गरेकाले सबैको सोच बिचारको उच्च मुल्याकंन गर्दै कार्य गर्ने उद्घोस गरे । नब निर्बाचित कार्यसमितिलाइ यहि सेप्टेम्बर २४ मा औपचारीक हस्तान्तरण गर्ने कार्यक्रम सामाजिक संघ संस्थाहरुको प्रतिनिधिहरुको माझमा भएकोले चाडै नै सामाजिक संघ संस्थाहरुलाई निमन्त्रणा पठाउने र यसको जानकारी सामाजिक संजालमा (एनएडीएफको फेसबुक) राखिने नव निर्वाचित कार्यसमितिको पब्लिक रिलेसन अफिसर अर्जुन के सी ले जानकारी गराउनु भयो । निबर्तमान महासचिब डा ज्ञानेन्द्र रेग्मी का अनुसार निबर्तमान कार्यसमितिले यहि सेप्टेम्बरमा २४ मा हस्तान्तरण समारोह राखि निर्बाचित नयाँ कार्यसमितिलाई कार्यभार सुम्पने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?