सकियो मिष्टर एण्ड मिस नेपाल ओसेनियाको ट्यालेन्ट राउण्ड, प्रतियोगिता यो शनिबार


युनाईटेड नेप्लीज आर्टस एण्ड ईन्टरटेन्मेन्ट युएनएईले आयोजना गर्न लागेको ईनोभेटिभ एशोसिएट्स मिष्टर एण्ड मिस नेपाल ओसेनिया २०१६ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । 1सिड्नीको रकडेलस्थित थर्ड आई बारमा शनिबार भएको ट्यालेन्ट राउण्डमा सहभागी प्रतियोगीहरुले आफ्नो विभिन्न कला प्रस्तुत गरेका छन् । सहभागीहरुले गीत गाउने, वक्तृत्वकला, हाँस्यव्यंग्य, नृत्य लगायतबाट आफ्नो कला प्रस्तुत गरेका थिए । उनीहरुको क्षमताको युनएईकी अध्यक्ष भूमादेवी लिम्बु, बोर्ड अफ डिरेक्टर समिम अनवर, पूर्व मिस बेष्ट कष्ट्युम सोना तिमल्सिना, नृत्य निर्देशक भीमसेन गुरुग, मिष्टर ट्यालेन्ट अभिषेक अधिकारी  र सोना लिम्बुले अवलोकन गरेका थिए । यस प्रतियोगितामा कूल १८ प्रतिस्पर्धी मध्ये न्यूजिल्याण्डबाट ३ जना, भिक्टोरियाबाट एकजना, क्वीन्सल्याण्डबाट २ जना र बाँकी न्यूसाउथवेल्सबाट प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलियाका विभिन्न राज्य र न्यूजिल्याण्डबाट समेत प्रतियोगी सहभागी भएको कार्यक्रममा मिस नेपाल २०१६ अस्मी श्रेष्ठ प्रमुख आकर्षणको रुपमा सहभागी हुँदैछिन् । 3यसैगरी नेपाली चलचित्रका नायक आर्यन सिग्देल पनि कार्यक्रममा सहभागी हुने भएका छन् । कार्यक्रमको अर्को आकर्षण नेपालका चर्चित फेशन डिजाईनर तेन्जिंग छेतेन भुटिया हुनेछन् । नेपालमा मिस नेपाल आयोजना गर्ने हिडेन ट्रेजरको तर्फबाट प्रमुख गोपालसुन्दर कक्षपति पनि सहभागी बन्नुहुने जानकारी युएनएईकी बोर्ड सदस्य सुनिता लिम्बु खरेलले जानकारी दिनुभयो । शनिबार सम्पन्न ट्यालेन्ट राउडमा प्रतियोगीहरुले प्रदर्शन गरेको क्षमताका आधारमा मिष्टर एण्ड मिस ट्यालेन्ट घोषणा गरिनेछ । प्रतियोगितामा विभिन्न विधामा सहभागीहरुको प्रतिस्पर्धा हुनेछ भने अनलाईट भोटिंगका आधारमा मिष्टर एण्ड मिस साईबरको समेत चयन गरिने भएको प्रतियोगिता सयोजक धर्मराज अधिकारीले एमएनटीभीलाई बताउनुभयो । यसअघि मिष्टर एण्ड मिस नेपाल अष्ट्रेलिया आयोजना हुँदै आएपनि यसै वर्षदेखि यसलाई बृहद तुल्याउँदै मिष्टर एण्ड मिस ओसेनिया बनाइएको हो । शनिबार २० अगष्टका दिन हस्र्टभिलस्थित ईन्टरनेन्मेन्ट सेन्टरमा साँझ ६ बजेबाट प्रतियोगिता हुँदैछ ।

unae

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?