अपहरणमा दोषी ठहर भएका व्यक्ति सात वर्षपछि पक्राउ !


Apharankari_Pakrauअपहरणको मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ ।

दाङ जिल्ला अदालतले अपहरणमा दोषी करार गरेका दाङ देउखुरीको बेला गाविस–७ का २९ वर्षीय बिष्णु यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवलाई उक्त कसुरका विरुद्ध अदालतले दुई वर्ष जेल सजाय र १२ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङको फरार अभियुक्त तथा दोषी पक्राउ विषेश अभियान अन्तर्गत अदालतबाट २०६६ साल भदौ १४ गते दोषी ठहर भएका यादवलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

दाङ देउखुरीको सतबरिया–६ निवासी ७५ वर्षीय शेरबहादुर खड्काले २०६४ चैत्र २४ आफूसहित ६ जना व्यक्तिहरुलाई अपहरण गरेको भनि प्रहरीमा जाहेरी दिएका थिए । यादवलाई आवश्यक कारबाहीको लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?