एनआरएन अष्ट्रेलियाका पूर्वउपाध्यक्ष स्वतन्त्रप्रताप शाह क्वीन्सल्याण्डका लागि पर्यटनदूत नियुक्त


एनआरएन अष्ट्रेलियाका पूर्वउपाध्यक्ष स्वतन्त्रप्रताप शाहलाई नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यका लागि पर्यटन दूत नियुक्त गरेको छ । swotबोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले हस्ताक्षर गरेको शाहको नियुक्तिपत्रमा कार्यकाल दुई वर्षको हुने लेखिएको छ । नेपालमा पर्यटन प्रबद्र्धन गर्नका निम्ति शाहले योगदान दिने अपेक्षासहित नियुक्ति गरिएको पनि पत्रमा उल्लेख छ । एमएनटीभीसँग सोमबार कुरा गर्दै नवनियुक्त पर्यटनदूत शाहले अष्ट्रेलियाका पर्यटकहरुलाई नेपालका बारेमा जानकारी दिन दिलाउन र भ्रमणका लागि अभिप्रेरित गर्न आफुले सक्दो प्रयास गर्ने बताउनुभयो । पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप ऊर्जा प्राप्त भएको भन्दै शाहले यहाँस्थित दूतावास र अन्य राज्यमा नियुक्त भएका पर्यटनदूतहरुसँगको छलफल र सहकार्यका आधारमा अघि बढ्ने पनि बताउनुभयो । यसैबीच एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक अभिमानसिंह बस्नेतले आगामी कार्यकालको सफलताको कामना गर्दै नवनियुक्त पर्यटनदूत शाहलाई बधाई ज्ञापन गर्दै नेपालमा पर्यटन प्रबद्र्धन गर्नका लागि सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?