अन्तर्राष्ट्रिय नेपाली समाज न्यूसाउथवेल्सलाई पूर्णता


नयाँ शक्ति नेपालसँग निकट रहेको प्रवासी संगठन अन्तर्राष्ट्रय  नेपाली समाज अष्ट्रेलियाले न्यूसाउथवेल्स कमिटीलाई पूर्णता दिएको छ  । samaj finalएक भेलाको आयोजना गर्दै नयाँ नेतृत्व सहितको पूर्ण कमिटी सार्वजनिक गरिएको समाजले जनाएको छ । ब्ल्याक्सल्याण्ड रिभरसाईड पार्कमा अमित शर्माको नेतृत्वमा गंगा विक, महेश भट्टराई उपसंयोजकसहित कृष्णकुमार कार्की, निशा थापा, अपेक्षा सापकोटा, सरोज गुप्ता, विजय सुवेदी, रुविना खत्री, राजेश श्रेष्ठ, रोशन ज्ञवाली, दिनेश गौतम, अस्मिता राई, सुमन दाहाल, बबिता नेपाल, रेनुका श्रेष्ठ, अर्जुन गुरुंग रहेको कमिटी सार्वजनिक गरिएको हो । भेलाले नेपालमा भर्खरै गएको बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको स्मरणमा रक्तदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका अध्यक्ष विनोद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अरुणकुमार ठाकुर, महासचिव सुवान चौलागाईं, कोषाध्यक्ष विकास श्रेष्ठ र पब्लिक अफिसर तिर्थराज कार्कीसहितको उपस्थिति थियो । समाजका युवा संयोजक क्षितिज बुढाथोकीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?