काठमाडौंमा सकियो एक्सपर्ट एजुकेशन मेला
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुलाई लक्षित गरी एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले काठमाडौंमा शैक्षिक मेला सम्पन्न गरेको छ । उक्त शैक्षिक मेलामा अष्ट्रेलियाका प्रतिष्ठित आठ वटा शैक्षिक संस्थाहरु र झण्डै एक हजारको हाराहारीमा विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको एक्सपर्टले जनाएको छ । शैक्षिक मेलाको उद्घाटन महाविर पुनले गर्नुभएको थियो । एक्पर्ट एजुकेशनका अनुसार मेलाको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियाका शैक्षिक संस्थाका बारेमा अष्ट्रेलियाबाट आएका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श गर्ने अवसर जुटाइएको हो । मेलामा एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले अष्ट्रेलियन शैक्षिक प्रणाली तथा जीवन पद्धतीका बारेमा आफ्नो अनुभव साट्नु भएको थिए ।
मेलामा अष्ट्रेलियाका ःMacquarie University, Charles Darwin University, Charles Sturt University, Australian Catholic University, Flinders University, Uts: Insearch, Education Center of Australia (ECA) र Kaplan Business School को प्रत्यक्ष सहभागिता रहेको निर्देशक अर्यालले बताउनु भयो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिेज प्रालिले नेपाल तथा अष्ट्रेलियामा गरी १० स्थानमा शाखा विस्तार गरी विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।