कोलम्बियामा ५० वर्षभन्दा लामो समयदेखि द्वन्द्व अन्त्य, सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर


Colimbiaकोलम्बिया सरकार र फार्क विद्रोहीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । चार वर्ष लामो वार्तापछि कोलम्बिया सरकार र फार्क विद्रोहीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

शान्ति सम्झौतासँगै ५० वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य भएको छ । सरकारी तथा फार्क विद्रोहीका प्रतिनिधिले राजधानी हवानामा आफूहरु सहमतिमा पुगेको र अब पाँच दशकभन्दा लामो संघर्ष अन्त्य हुने बताएका छन् । दुबै पक्षले वार्ताका मध्यस्थकर्ता क्युवा र नर्वेका प्रतिनिधिको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सरकार र फार्क विद्रोहीबीच सन् २०१२ को नोभेम्बरदेखि वार्ता हुँदै आएको थियो । कोलिम्बयामा चलेको फार्क संघर्षको क्रममा दुई लाखभन्दा बढी मानिस मारिएका छन् ।

दशौं लाख मानिस विस्थापित भएका छन् । सरकारी वार्ता टोलीका प्रमुख हुमबेर्टो डी ला काल्ली तथा फार्क विद्रोहीका वार्ता टोली प्रमुख इभान माक्र्वेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । शान्ति सम्झौतामा हस्ताक्षर क्युवामा गरिएपनि घोषणा भने कोलम्बियाको राजधानी हवानामा गरिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?